हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

काउली बुढी’ नेपाल आइडलबाट बाहिरिइन

काठमाडौँः एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् ।

काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर राउन्डमा टुंगिएको हो । नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिएपछि उनी रुँदै भावविह्वल भएकी थिइन् । तर उनले नेपाल आइडलबाट बाहिरिए पनि उनले आफूलाई केबल पाँच मिनेट समयले स्टार बनाइदिएको प्रतिक्रिया पनि दिइन् ।

नेपाल आइडलले दिएको पाँच मिनेट समयले आज म यति चर्चित भएकी छु’, उनले भनिन्, ‘अब पहिलेबाटै चलिरहेको मेरो काउली बुडी शोलाई निरन्तरता दिन्छु, गायन त साथमा छँदैछ ।’

नेपाल आइडलको थिएटर राउन्ड सकिएसँगै अब पियानो राउन्डका लागि अन्तिम २० जना प्रतिस्पर्धी छनोट भएका छन् । नेपाल आइडल हाल एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजेदेखि प्रसारण हुँदै आएको छ।

को हुन् ‘काउली बुढी’

सन्ध्या बुढा अर्थात् काउली बुढीले युट्व च्यानलमा काउली बुढी नामक शो पनि चलाउँदै आएकी छिन्। कार्यक्रम निकै राम्रो भएपनि उनी नेपाल आइडलमा आउनुअघि त्यसको धेरै चर्चा भएको थिएन। तर, नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन्। उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् ।  केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।अन्नपुर्ण पोस्टबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution