तामाङ पत्रकार संघ चितवनमा ४ सदस्य मनोनित

राजेश रुम्बा तामाङ –चितवन, भाद्र २२ । तामाङ पत्रकार संघ चितवनको बिशेष बैठकले ४ जना सदस्य मनोनित गरेको छ । संघको दोस्रो अधिवेशनबाट ९ सदस्यिय कार्यसमिति निर्वाचित भएकोमा हाल ४ सदस्य मनोनित गरि १३ सदस्यिय कार्यसमिति बनाइएको संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । मनोनित हुनेहरुमा प्रतिमा तामाङ, बालिका तामाङ, सुस्मिता तामाङ र लक्ष्मण तामाङ रहेका छन । उनीहरु जिल्लाका विभिन्न रेडियो तथा अनलाईन सञ्चारमाध्यममा आबद्ध छन ।
जिल्लामा आम सञ्चार र पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा लागिरहेकाले उनीहरुलाई संघको कार्यसमितिमा मनोनित गरिएको संघका निवर्तमान अध्यक्ष तथा संघीय सदस्य उर्गेन तामाङले जानकारी दिनुभयो ।
सदस्य थपिएसंगै संघ अझै मजबुत भएको र पत्रकारिताको माध्यमबाट समुदायको विभिन्न गतिविधिहरुलाई सम्प्रेषण गर्न सहज हुने संघका उपाध्यक्ष बबिलाल तामाङको भनाई छ । संघले समाज र समुदायको विकासका लागि फरक फरक समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।