हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

निर्मला हत्या प्रकरणमा अाइजिपी खनाल भन्छन् : नालायक प्रहरीले संगठन नै बदनाम

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्। शुक्रबार बिहान महेन्द्रनगरमा आयोजित ‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवम् सुरक्षा : नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक राष्ट्रिय अभियान कार्यक्रममा अाइजिपी खनालले भने ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं।’


राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिँदै भने, ‘बहुतै दु:खी छु। प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप लागेको थिएन’, महानिरीक्षक खनालले थपे, ‘उच्चस्तरीय छानविन टोलीले समेत यस घटनाको अनुसन्धान गरिराखेको छ। अनुसन्धान टोलीलाई सबैले सहयोग गर्नुहोस्। म पनि हस्तक्षेप गर्दैन। संगठन प्रमुखका हैसियतले यस्ता घटनामा कसैको ‘पावर’ मान्दैन्।’ यो घटनामा संलग्न आफ्नै संगठनको जाे काेहि भएपनि त्यसलार्इ कार्वाही हुने उनले बताए।

कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाएकाे बताए। हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै उनले यस घटनामा भिआईपी र भिभिआईपी जाे काेहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए।

साउन १० गते साथी रोशनी बमकाे घर दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिईन्। बमको घरको केहि पर भिमदत्त नगरपालिका १९ बागफाँटाको उखुबारीमा दोस्रोदिन उनकाे शव फेला परेको थियो। घटनामा प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेको छ। उनीहरुसँग वयान लिने काम भईरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले बताए।

यस घटनामा पक्राउ गरिएका ४१ बर्षीय मानसिक अवस्था कमजोर भएका भनिएका दिलीपसिंह विष्टको काठमाडाैंमा स्वास्थ्य जाँच भइरहेको छ। प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्य लगायतको परीक्षणका लागि काठमाडाैं लगेको हो। ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थियो। टोलीले घटनाको २६ औं दिनमा भिमदत्त नगरपालिका १९ बागफाँटाका विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो। सीआईबीकाे निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त नभएपछि सीआईबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो। भदौ ४ गते प्रहरीले विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रगरमा आन्दोलन उग्र बनेको थियो। मानसिक अवस्था ठिक नभएका विष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै आन्दोलन उग्र बनेको थियाे। आन्दोलनकै क्रममा प्रहरीकाे गोली लागेर भिमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको ज्यान गएकाे थियाे।
घटनापछि गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय छानबिन समिति महेन्द्रनगर पठाएको छ। नागरिक न्युज बाट |

बिहीवार महेन्द्रनगर पुगेका आईजीपी खनालले साँझ निर्मलाका परिवारसँग भेट गरेका थिए। समय लागेपनि हत्यारा पत्ता लगाई छाेड्ने उनले परिवारसामु प्रतिबद्धता जाहेर गरेको निर्मलाका बुबा यज्ञराजले बताए। ‘न्याय पाउने आशा मरे जस्तै भएको छ’, यज्ञराजले भने ‘डेढ महिनासम्म केहि पत्तो नलाग्नु अचम्म भएको छ।’

२२ भदौ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution