हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

आफ्नै पति र जेठाजुबाट सामूहिक बलात्कार,जेठाजुले पलंगमा…

काठमाडौं । पछिल्लो समय छोरी चेलीमाथिको यौन आक्रमण र बलात्कारका श्रृंखला एकपछि अर्को गर्दै दिन प्रतिदिन सार्वजनिक भइरहेका छन् । बलात्कार जस्तो जघन्य प्रकृतिको घटनाको उजुरी गर्ने हदम्याद बढेपछि घटना बाहिरिने क्रम बढेको मान्न सकिन्छ ।

पर्सा जिल्लामा फेरि एउटा नयाँ घटना सार्वजनिक भएको छ । एक नवविवाहिता महिला आफ्नै पति र जेठाजुबाट सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको हो ।

आफ्नै पत्नी र भाइ बुहारीलाई सामूहिक बलात्कार गरेको आरोपमा पति र जेठाजुलाई जिल्ला अदालतले पुर्पक्षका लाग जेल चलान गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश सूर्य प्रसाद अधिकारीको इजलासले पोखरिया नगरपालिका १ वनकटवाका २७ वर्षीय राजकपुर ठाकुर र उनका दाजु ४० वर्षीय सुरेन्द्रलाई बुधबार जेल चलान गरेको हो  ।

राजकपुरकी २० वर्षीया पत्नीले पति र जेठाजु मिलेर आफूलाई पटकपटक जबर्जस्ती र सामूहिक बलात्कार गरेको जाहेरी साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् । त्यसपछि प्रहरी सक्रिय भएर दुबै आरोपितलाई पक्राउ गरेको हो  ।

उनी र राजकपुरबीच यसै वर्षको असार ७ गते परम्परागत मागी विवाह भएको हो । पतिको घरमा पुगेपछि जेठाजु सुरेन्द्र घरमा हावी भएको अनुभूति आफूले गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

असार ११ गते राति करिब ११ बजेको समयमा आफू पति राजकपुरसँग घरको कोठामा रहेको बेला जेठाजु सुरेन्द्र पनि आफ्नो कोठामा प्रवेश गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन्  । ‘जेठाजुलाई मुख देखाउन नहुने, जिउ छुन नहुने परम्परा रहेकाले म कोठा बाहिर निस्कन खोज्दा पति राजकपुरले मेरो हात समातेर हामी दाजुभाइ एक हौं,’ जाहेरीमा लेखिएको छ, ‘हामीसँग संकोच मान्नु पर्दैन भन्दै मलाई सुत्ने पलंगमा बसाए र दाजु सुरेन्द्रलाई पनि पलंगमा आउन संकेत गरे ।’

जाहेरीमा लेखिएको छ, ‘यसरी दुवै दाजु भाइ मेरो पलंगमा बसी मलाई सुमसुम्याउन थालेपछि मैले विरोध गरें, मैले विरोध गर्ने बित्तिक्कै मलाई जेठाजु सुरेन्द्रले बलपूर्वक दुवै हात समाई पलंगमा पछारी ममाथि चढे  ।’ आफ्नो संरक्षण गर्नुपर्ने दायित्व भएका पति राजकपुरले झन् आफ्नो लुगा खोली मुख थुनी दाजु सुरेन्द्रलाई जबर्जस्ती करणी गर्न सघाएको उनले जाहेरीमा दाबी गरेकी छन् ।

जेठाजु सुरेन्द्रले आफ्नो अस्मिता लुटेपछि पतिले पनि जबर्जस्ती गरेको उनले उल्लेख गरेकी छन् । आफूले यसको विरोध गर्दा धारिलो चक्कु देखाई कसैलाई भने वा केही बोले ज्यान मार्ने धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । यसरी आफू पटकपटक बलात्कृत हुँदै आएको उनले दाबी गरेकी छन् ।

पति र जेठाजु दुबै काठमाडौंमा रोजगारी गर्ने र आफूलाई पनि काठमाडौं जान पटकपटक दबाब दिएकोमा आफूले माइतीमा आएर आमालाई बताएपछि प्रहरीलाई उजुरी गर्न आएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

आरोपित राजकपुर र सुरेन्द्रले आफूहरू उपरको आरोप निराधार रहेको बयान अदालतमा दिएका छन् । न्यायाधीश अधिकारीले आरोपित ठाकुरद्वयलाई मुलुकी ऐन २०७४ को दफा ६७ (१) को आधारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नम्बर बमोजिमको थुनुवा पुर्जी दिई कारागार पठाउन आदेश दिएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution