दशैंअघि नै ७ मन्त्रि हेरफेर हुने , को–को ?

काठमाडौं । गत साउन ८ गते शेरबहादुर तामाङले न्याय कानुन तथा संसदीय मामिलामन्त्रीबाट राजिनामा दिए । पत्रकार सम्मेलन गरेरै तामाङले राजिनामा दिएका थिए ।
तामाङले कुरा नबुझी नेपाली चेलीलाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको, गैर जिम्मेबार बनेको भन्दै तत्कालिन कानुनमन्त्री रहेका तामाङको सामाजिक सञ्जालमा व्यापक रुपमा राजिनामा माग गरियो ।
तामाङको राजिनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा आएका, सरकारको स्पिरिट बिपरित हिँडेका र सरकारलाई बदनाम गराउने काम मात्र गरेका मन्त्रीहरुलाई कारवाहीको दायरा भित्र ल्याउन आवश्यक छ । प्रधानमन्त्री ओलीले आफ्नै सरकारको आन्तरिक मुल्याकंन सुरु गरेका छन् ।
सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले अँगालेका कतिपय जनसरोकारका विषयमा सरकारका उपलब्धी र कार्यशैलीलाई लिएर सडकमा हुने गरेका आलोचना, बौद्दिक क्षेत्रले सुरु गरेका प्रहारलगायतमा केन्द्रीत रहेर प्रमले सरकारको आत्ममूल्याकंन सुरु गरेको पाइएको हो ।
स्रोतका अनुसार दशैंअगावै वर्तमान सरकारका केही मन्त्रीले बिदा पाउँदैछन् भने केहीको जिम्मेवारी फेरिनेछ । सरकारका मन्त्रीमा पछिल्लो समय बढ्दै गएको स्वच्छेचारीकै कारण कतिपय मन्त्रीको कार्यशैलीप्रति प्रम क्षुब्ध हुन थालेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले यस विषयमा नेकपामा अर्का अध्यक्ष प्रचण्डसँग पनि गुनासो गरेका छन् । आफ्नो भारत भ्रमणको पूर्वसन्धयामा गत मंगलबार आफ्ै निवासमा प्रचण्डले सरकारका मन्त्रीबारे गरेको आलोचनात्मक खुलासाले पनि मन्त्रीबारे प्रचण्डले निर्णय लिन प्रम स्वतन्त्र रहेको तर्फ संकेत छ । गत बुधबार मात्रै ओली र प्रचण्डको बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।
सरकारको लक्ष्य विपरित कामबारबाहीका कारण प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका नजरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा, श्रममन्त्री गोकर्ण विष्ट, यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग आम विकासप्रेमी जनता रुष्ट रहेका छन् ।
प्रचण्डले ओलीलाई भेट्नुअगावै काम नगर्ने तर गफमात्रै गरेर दिन बिताएका मन्त्री सरकारमा कायम नरहने संकेत दिइसकेका छन् । के प्रधानमन्त्री ओलीले यी मन्त्रिलाई राजीनामा दिन दवाब देलान त ? यो अहिले आम चासोको बिषय बनेको छ ।
गृहमन्त्री ‘बादल’ यसकारण विवादमा !
गहृमन्त्री थापाको ठाडो आदेशमा वीर अस्पतालका चिकित्सकलाई अपहरणका शैलीमा मन्त्रालय हाजिर गराएर आफू अनुकुलका रिपोर्ट तयार गर्न दबाब दिनुले पनि सरकार विवादमा तानिएको थियो ।
त्यस्तै भक्तपुरका ११ वर्षीय बालक निशान खड्का अपहरण प्रकरणमा यथार्थ नबुझी वक्तव्य जारी गर्नु, कञ्चनपुर मामिलामा समेत गलत बयानबाजी गरेकोमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड रुष्ट रहेको पाइएको छ ।
यस्तै काम नगर्ने ठेकेदार र सिण्डिकेटका मामिलामा अधकल्चो निर्णय लिएर सरकारलाई नै विवादित गर्ने काम भएकोमा मन्त्रीकै कारण सरकारको छवि धमिलिँदै गएको आरोप पनि लागेको छ ।
स्रोतका अनुसार गृहमन्त्री थापाको ठाउँमा जनादर्न शर्मा ‘प्रभाकार’ लाई ल्याउने बताइएको छ ।
सञ्चारमन्त्री बास्कोटा यसकारण विवादमा !
बास्कोटा सरकारका प्रवक्ता भएर अत्यधिक विवादमा आएका मन्त्री हुन् । ओलीका प्रिय भए पनि उनले मिडियामा प्रहार गरेको, निर्णयहरू कार्यान्वयन नगरेको भन्दै ओलीले हटाउन लागेको हल्ला बाहिर आएको छ ।
श्रममन्त्री बिष्ट यसकारण विवादमा !
श्रममन्त्री विष्टले मेलेरियामा कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थामा धरपकट गरेको र त्यसलाई कार्यान्वयन गर्न नसकेका कारण हटाउन लागिएको बुझिएको छ ।
यातायातमन्त्री महासेठ यसकारण विवादमा !
उच्च स्रोतका अनुसार ओलीले यातायात सिन्डिकेटलाई काखा च्यापी सरकारको योजनाविरूद्ध हिँडेका कारण यातायातमन्त्री रघुवीर महासेठलाई हटाउन लागेको पाइएको छ ।
सरकारले यातायात सिन्डिकेट तोड्ने निर्णयसहित यातायात व्यवस्था विभागलाई चलाएमान बनाउँदा महासेठले त्यहि आक्रमण गरी मनलाग्दी निर्णय गरेका थिए ।
अर्थमन्त्री खतिवडा यसकारण विवादमा !
यता देशको अर्थतन्त्रलाई धराप पार्नेगरी, पार्टीमैत्री नभएका कारण अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको पाइएको छ ।
स्रोतका अनुसार खतिवडाले पार्टीले ल्याएका योजना र कार्यकर्ताको मानमर्दन गरेको ओलीकहाँ गुनासो पुगेको थियो ।
भारतीय दबाबमा राष्ट्रियसभा सदस्य बनाउँदै खतिवडालाई विज्ञका रूपमा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका थिए ।
पर्यटनमन्त्री अधिकारी यसकारण विवादमा !
कास्की जिल्लाका पर्यटनमन्त्री अधिकारीले सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर आफू पैदल यात्रा हिँडेको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएपछि उनको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनको तस्वीरलाई लिएर अनेकौ टिकाटिप्पणी समेत भएका थिए ।
त्यस्तै केही समयअघि पत्रकारले विमान खरिदबारे प्रश्न राख्दा उनले पत्रकारलाई दुव्र्यवहार गरेका कारण पनि उनी आलोचित भएका थिए । पत्रकारको माइक समेत फालेर अनेक भनेपछि प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सरकारमा राख्न नचाहेको स्रोतले जनाएको छ ।
मन्त्री अधिकारीले ६० करोड रुपैयाँ आफू खुसी बाँडेका कारण पनि उनी चर्को विवादमा तानिएका छन् । मन्त्री अधिकारीसँग ओली नेपाल वायुसेवा निगमले भित्र्याएको दुई थान बाइड बडी विमान र त्यसमा भएको अर्बौंको अनियमितता मन्त्रीले देखाएको मौनता जोडिन आइपुगेको छ ।
सामान्य प्रशासन मन्त्री पण्डित यसकारण विवादमा !
ठूला कुरा गर्ने जनतामा आशा र महत्वकांक्षा जगाउने तर कामका नाममा सिन्कोसमेत नभाँच्ने, आफ्नै क्षमतालाई राम्ररी प्रयोगमा ल्याउन नसक्ने कोटीमा मन्त्री पण्डित प्रधानमन्त्री ओलीको नजरमा परेको नेपालीपत्रमा छ |
यसैले पनि वर्तमान सरकारमा मन्त्री पण्डितको निरन्तरताको दिनगन्ती सुरु भइसकेको स्रोतले बताएको छ ।
२२ भदौ २०७५