हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्रेमीसँग मिलेर श्रीमानको हत्या

सन्धिखर्क : भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव पहिचान भएको छ। सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलबस्तु बाँणगंगा नगरपालिका ७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टि भएको हो।

डिभर्ना बस्याल टोलाका महिलाहरू खर्‍यानमा घास काट्न गएको समयमा गन्ध आएपछि खोज्दै जाँदा स्थानीयहरूले अनुहारै नचिनिने अवस्थामा शव देखेका थिए। शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

बेबारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। शव भेटिएको दुई दिनपछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने धनबहादुरको शव हुन सक्ने भन्दै मंगलबार राति (१९ गते) श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन।

‘मेरा श्रीमानको शव हैन’ भनेर राधा फर्किइन्। प्रहरीले ‘राम्रोसँग हेर्नुस् हुन सक्छ’ भन्दा ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कस्ले चिन्न सक्छ?’ भनी उनी घर फर्किइन्।

प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यलयमा बोलायो। शवको बारेमा फेरि अनुसन्धान सुरु गर्‍यो र प्रहरीसँग राधाले आफ्ना श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरीसँग झुटो विवरण बताइन्। प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्ना प्रेमीले हत्या गरेको खुलासा गरिन्। हत्या गरेर बोरामा बाँधेर फालेको उनले स्वीकार गरिन्।

यसरी भयो अपराध

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ वर्षिया राधा घर्तीमगरका श्रीमान ३६ वर्षका धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए। त्यही मौकामा भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए। उनी त्यहाँ तीन दिन बसे।

राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे। सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका १२ डिभर्नाको बस्याल टोला पुगे।

उता दशैँमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्ती मगर अचानक घर आए। घरमा श्रीमतीलाई नदेखेपछि फोन गरे। फोनमा किन नभनी माइति गएको भनेर कुराकानी भयो।

कुराकानीकै क्रममा वादविवाद पनि भयो। प्रहरीका अनुसार धनबहादुरले ‘तँ आउने कि म आउँ’ भनेपछि  चर्काचर्की भयो।

राधाले ‘आउनु पर्दैन, म भोलि आउँछु’ भनिन्। त्यतिकैमा कुराकानी सकियो।

धनबहादुर १३ गते साँझ एक्कासी ससुराली डिभर्ना आइपुगे। ससुरालीमा श्रीमती अपरिचित मानिससँग देखेपछि उनीहरूबीच भनाभन सुरु भयो। भनाभनले उग्र रुप लिँदा त्यहीबीच धनबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताए।

धनबहादुरको हत्या भएको अर्को दिन राधा र रमेश बिहानै कपिलबस्तुतर्फ लागे। राधा वाँणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन (सुटकेस पठाइदिन भनेर) बनगाइबाट हिँडेको राधाले बताएकी छन्।

राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको अन्नपुर्ण पोस्टमा छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution