इजरायल:तीज कार्यक्रमबाट हुने मुनाफा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम (धुर्मुस सुन्तली)लाई प्रदान गर्ने

तेलअविव – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज तथा चौथा:पूजाको पावन अवसरमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल लगायत सामाजिक, धार्मिक, साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा हरितालिका तीज उत्सव -२०७५ भव्यताको साथ मनाउने तयारी पुरा भएको संस्थाको प्रवक्ता डोमा शेर्पाले जानकारी दिनु भएको छ |
तीज उत्सव २०७५ यही सेप्टेम्वर १४ तारीख (शुक्रबार) तेलअविव स्थित वाइजमन स्ट्रीट ६० मा रहेको हलमा बेलुका ७ बजे देखि सुरु हुने कार्यक्रम रहेको छ
कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु राम्जी खाँड,उमा श्रेष्ठ र माण्डपी त्रिपाठी आउने भएको छ , वहाँहरु तीनै जनाले इजरायल प्रवेश अनुमति भिषा प्राप्त गरी सकेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको महासचिब तेन्जिन शेर्पाले जानकारी दिनु भएको छ |
कार्यक्रमबाट हुने मुनाफा धुर्मुस सुन्तली फाउन्टेशन द्वारा निर्माण गर्न लागिरहेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको लागि सहयोग गर्ने भएको छ |
गत बर्ष इजरायलमा मनाएको तीज कार्यक्रमको भिडियो