राप्ती नगरपालिकाको बार्षिक समिक्षा, नगरको पर्यटन बिकासमा जोड

राजेश रुम्बा तामाङ चितवन । भाद्र १८, भण्डारा । पुर्वी चितवनको राप्ति नगरपालिकाको बार्षिक कार्यप्रगति समिक्षा गरिएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा सम्पन्न विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै अगामि दिनका लागि विभिन्न योजनाहरु अघि सारेको हो । नगरका प्रमुख प्रभा बरालले २०७४÷७५ मा नगरले कुल ६३ करोड ६२ लाख ९७ हजार बजेटमध्य ५४ करोड, ८५ लाख ७० हजार खर्च गर्न सफल भएको जानकारी दिइन । बाँकिमध्ये १ करोड ३० लाख ९२ हजार फिर्ता भएको र ५ करोड १७ लाख ६ हजार बाँकि रहेको उनले जानकारी दिइन् । उनले विभिन्न क्षेत्रमा ससर्त अनुदान, नगरको पुर्वाधार बिकास, पुर्वि चितवनमा नदि नियन्त्रण, समाजिक सुरक्षा, स्थानिय शासन लगायत शिर्षकमा पर्याप्त बजेट खर्च भएको बताइन् ।
यसैबीच नगरलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने तयारी थालिएको छ । नगर भित्र रहेका पर्यटकीय स्थलहरु परेवाकोट, नागदह, कमिनचुली, पानीसराढाप, भेट्वाल पार्क, रातमाटे डाँडा र सांस्कृतिक पार्कलाई पर्यटकिय क्षेत्रको रुपमा अगाडि बढाईने उप प्रमुख इमानसिहं लामाले जानकारी दिए । निर्माण भईरहेका पर्यटकीय क्षेत्रहरुलाई प्रदेश सरकारले समेत रकम बिनियोजन गरेको छ ।
त्यस्तै नगरलाई कृषि र पशु क्षेत्रमा पनि आत्मनिर्भर गराउने लक्ष्य सहित विभिन्न योजना अघि सारिएको छ । आगामी ४ बर्ष भित्र दुध, माछा र मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहित पर्याप्त बजेट बिनियोजन गरिएको छ भने नगरको वडा नं. १ लाई पुर्ण आई. पी. एम युक्त वडा घोषणा गरिएको छ । कृषिमा अनुदानसंगै सिचाईको ब्यवस्थापन, किसानहरुलाई प्रोत्साहनस्वरुप बिऊ मेशिन स्पे्र, बिऊ राख्ने भाँडो, बोका, माहुरीको घार लगायत बितरण गरिएको छ ।
यसैबीच नगरको सार्वजनिक जग्गा संरक्षणका लागि उपप्रमुख इमानसिहं लामाको संयोजकत्वमा समिति गठन गरि सार्वजनिक जग्गा खोजी तिब्र पारिएको छ । फोहरमैला ब्यवस्थापनका लागि सिन्धु सरसफाई केन्द्रसंग सम्झौता गरि डम्पिगं साइटको खोजी जारी रहेको जानकारी दिइएको छ । शिक्षामा सहजताका लागि थाकलटार र यौरेलीटारमा छात्राबास को ब्यवस्था गरिएको छ भने कम बिद्यार्थी भएका ४ बिद्यालयलाई मर्ज गरिएको छ । नगरपालिकाले गत आर्थिक बर्षबाट न्यायिक क्षेत्रको कामलाई प्रभाबकारी, एकिकृत संम्पत्ति कर कार्यान्वयन, सडक नपुगेका स्थानमा सडक, खानेपानीको समस्या समाधान, जेष्ठ नागरिक परिचय पत्र बितरण, अपागं समाग्रि बितरण, सिटी हल निर्माणको तयारी लगायतको कामहरु गरेको समिक्षा कार्यक्रममा जानकारी दिइएको छ । नेकपा राप्तीका पुष्पराज ओली, नेपाली काँग्रेसका किरण ओली, बिज्ञ सल्लाहकार घनश्याम कँडेल, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मिठाराम हुमाँगाई लगायतले बोलेको कार्यक्रम नगरपालिकाका प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको थियो ।