हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तर्घात हुने देखेपछि वामदेव डोल्पाबाट चुनाव लड्न हच्किए

काठमाडौं । नेकपाका नेता वामदेव गौतम डोल्पाबाट उपचुनाव लडेर सांसद बन्छन् कि बन्दैनन् भन्ने अनिश्चित हुँदै गएको छ । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर रिक्त ठाउँमा वामदेव चुनाव लड्ने भनिएको छ ।

धनबहादुरले राजीनामा दिने लगभग निश्चित भनिँदै गरेको बेला पुन अन्यौल उत्पन्न भएको छ । अघिल्लो साता सांसद तथा राज्यमन्त्री पदमा रहेका धनबहादुर गृहजिल्ला डोल्पा गएका थिए । डोल्पालीहरुलाई धनबहादुरले राजीनामा दिने कुरा बताए । विभिन्न ठाउँमा भेला आयोजना गरेर बुढाले राजीनामा दिने र रिक्त ठाउँमा वामदेव चुनाव लड्ने बताएका थिए ।

तर, स्थानीयले धनबहादुरलाई राजीनामा नदिन सुझाएका छन् । पूर्व एमालेको केपी ओली गुटसँग निकटहरुको अगुवाईमा बुढाले राजीनामा दिन नहुने भन्न लगाइएको थियो । जिल्लाको नेतृत्व तहमा रहेका अधिकांशले राजीनामा दिएर बामदेवलाई डोल्पा भित्र्याउन अनिच्छा प्रकट गरेका छन् ।

अन्तर्घातको सम्झना

डोल्पामा चुनाव लड्ने चक्करमा लागेका वामदेवलाई साविक एमालेका कतिपय नेताहरुले विगतको अन्तर्घातको स्मरण गराएका छन् । वामदेवले वर्दियामा चुनाव हारेपछि आफूलाई अन्तर्घात भएको भन्दै अन्तर्घातीहरुको सूची पार्टी केन्द्रीय कार्यालयमा पेस गरेका थिए । गौतमले आफ्नै पार्टीका पूर्व सांसद श्याम ढकाललाई पनि अन्तर्घातीको आरोप लगाएका थिए ।

वर्दियामा जे अवस्था छ, डोल्पामा त्यही हुनसक्छ भन्दै वामदेवलाई अन्तर्घातको स्मरण गराउन थालिएको हो । जानकार स्रोतहरुका अनुसार धनबहादुर बुढा डोल्पा गएको बेला साविक एमालेको ठूलो पंक्तिले वामदेवलाई अन्तर्घात गर्ने भनेर खुला च्यालेन्ज गरेका छन् । बुढाले यही कुराको जानकारी वामदेवलाई गराएको बुझिएको छ ।

वर्दियामा वामदेव चुनाव हारेपछि हारको कारण खोज्न हरि ज्ञवाली र वैजनाथ चौधरीको संयोजकत्वमा बेग्लाबेग्लै दुई छानविन समिति बनाइएको थियो । दुवै समितिले हारको प्रमुख कारण अन्तर्घात भएको ठहर गरेको थियो । अन्तर्घातका कारण वर्दियामा चुनाव हारियो भने डोल्पामा पनि हार्न सकिन्छ भनेर वामदेवलाई कतिपयले ‘सम्झाउने’ काम गरिरहेको बुझिन्छ । यसरी वामदेवलाई ‘सम्झाउने’हरु अधिकांश ओली निकट रहेको बुझिन्छ ।

फेरि हारे राजनीति सकिन्छ

राज्यमन्त्री बुढा जनतालाई जानकारी गराएर राजीनामा दिन्छु भन्दै दुई साता अघि डोल्पा पुगेका थिए । उनले जानकारी पनि दिए । तर, फर्किएर आएपछि उनले राजीनामा दिन ढिलाई गरेका छन् । केही समय पर्खिएर मात्र राजीनामा दिन बुढालाई दवाब परेको बुझिन्छ ।

उता वामदेवलाई पनि डोल्पाबाट चुनाव लड्ने जोखिम नमोल्न धेरैले सुझाव दिन थालेका छन् । डोल्पामा पनि अन्तर्घातको खतरा देखिएपछि वामदेवलाई यस्तो सुझाव दिइन थालेको हो । उपचुनाव पनि हारेको अवस्थामा राजनीति नै सकिन्छ भन्ने सल्लाह वामदेवलाई दिइँदै गरेको  बुझिन्छ ।

वामदेव निकटहरुका अनुसार धनबहादुर डोल्पाबाट फर्किएपछि वामदेव आफंै अलमलमा परेर छटपटिएका छन् । चुनाव जित्ने सुनिश्चित अवस्था नरहेको वामदेवलाई सुनाइएको छ । उपचुनाव उठ्न पार्टीका मुख्य नेताहरुले समर्थन दिएको तर भित्रभित्रै अन्तर्घातको तयारी गरेको पनि वामदेव निकटहरुले आशंका गर्न थालेका छन् ।

तर, वामदेवका लागि धनबहादुर राजीनामा दिन भने पूरै तयार भएको बताइएको छ । धनबहादुरको तर्फबाट कुनै बेइमानी नहुनेमा वामदेव विश्वश्त रहेको बुझिन्छ । डोल्पाबाट फर्कने वित्तिकै राजीनामा दिने पक्षमा रहेका धनबहादुर वामदेवले नै भनेपछि राजीनामा खल्तीमा बोकेर बसिरहेको बताएको सरलपतृकामा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution