प्रवासमा रहेका नेपालीले चुनावमा भोट हाल्न पाउने

भदौ १७, २०७५ काठमाडौं– सरकारले अब विदेमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले गत चैत ७ गते जारी गरेको आदेशको पूर्णपाठमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको व्यवस्था मिलाउन भनेको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले जारी गरेको आदेशको पूर्ण पाठमा अर्को चुनावसम्म विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन भनिएको छ ।
अधिवक्ता प्रेमचन्द्र राईले १ वैशाख २०७४ दायर गरेको रिटमा सर्वोच्चले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
‘निर्वाचनमा मतदान गर्न पाउने अधिकार नागरिकको आधारभुत मानव अधिकार तथा संवैधानिक अधिकार समेत भएको तथा निर्वाचनमा सबै नागरिकको समान अवसरसहित वास्तविक भावना र इच्छा समेतलाई प्रतिनिधित्व गर्नको लागि वैदेशि रोजगारीमा रहेका नागरिकहरुलाई मुलुक बाहिबाटै सबै तहको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गर्नुपर्ने देखिएको तथा सो कार्यलाई व्यवहारिक रुपमा समेत कार्यान्वयन गर्न सकिनेनै आवश्य कानूनी र अन्य व्यवस्था गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार प्रदान गर्नु,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
सर्वोच्चले विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्नका लागि विदेशमा रहेका वास्तविक नेपाली नागरिकको लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनमा मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन पनि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।