हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नेपाल तमाङ घेदुङको राप्ती नगरपालिका वडा तदर्थ वडा कमिटी गठन

चितवन,भद्र १७गते २०७५ ,राजेश रुम्बा तामांग/प्रकाश तामांग ।                             राप्ती नगरपालिका वडा नं ९ चितवन मा नेपाल तमाङ घेदुङको ९ सदस्यीय तदर्थ कमिटी गठन भएको छ।

कमिटीको अध्यक्षमा मान गोले तमाङ, उपाध्यक्षद्वय सोम वाइवा  तामाङ्,आरती  तामाङ् सचिव सुष्म तामाङ, सह- सचीव आइत सिंह   तामाङ कोषअध्यक्ष आशा वाइवा तामाङ् सद्स्यहरुमा सुर्य बहादुर  तामाङ् टेक बहादुर तामाङ,पार्वती  तामाङ,रहेका छन।

कार्यक्रमका प्रमुख अतिथि तथा तामाङ् घेदुङका चितवन जिल्ला अध्यक्ष गोपिराज घलान तमाङले तामाङ समुदाय शिक्षामा धेरै कमजोर भएकोले धेरै पछि परेको र राज्यबाट पाउने सेवा सुबिधालाई हात पार्न नसकेको औंल्याउदै शिक्षामा जोड दिन  उपस्थित तामाङ समुदायलाई आग्रह गर्नुभएको थियो। प्रमुख अतिथी घलानले अबको दिनमा तामाङ समुदायको उन्नति र प्रगतिको लागि नेतृत्वदायि भुमिका बाधेर  अघी बढ्नु पर्ने र आफ्नो हक र अधिकारको लागि सकारात्मक ढंगले लडेर अघि बढ्न सुझाव पनि दिनुभयो।  सोहि  क्रममा नेपाल तमाङ घेदुङ राप्ती नगरपालिका इन्चार्ज डिल कुमारी तमाङले तामाङहरुलाई राज्यबाट राजनीतिक रुपले पनि पुर्ण रुपमा हस्तक्षेप गरिरहेको अवगत गराउदै आफ्नो जातिको उत्थानका लागि नया कमिटीहरु जुझारु भएर लाग्नुपर्ने बताउदै  तामाङको समसमयीक गतिबिधिका बिषयमा पनि प्रस्ट पार्नु भएको थियो भने तामाङ पत्रकार संघ चितवनका कार्यसमिति सचीव  राजेश रुम्बा तामाङले तामाङ समुदायमा पत्रकारको भुमिका, चुनौती र अबसरको बिषयमाथी प्रष्ट पारेका थिए।

कार्यक्रममा प्रमुख अतिथी गोपिराज घलान तमाङद्वारा नव गठित कमिटीलाई सपथ गराउदै पूर्ण कमिटि गठन गर्ने वातावरण छिटो बनाउन नवागठित तदर्थ समितिलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व तामाङ्ग अभियन्ता सुन्दर लोप्चन तामाङ्गले गर्नु भएको थियो भने अर्का सामाजिक अभियन्ता राम बाबु वाइवा तामांगले कार्यक्रम संचालन गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution