प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, भदौ १७ गते । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ ।
एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो ।
बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयोजक ज्योति बुद्ध विहार गुम्बा समिति त्रिवेणीले जनाएको छ ।