नेता इतिहास र जनताले पैदा गर्ने कुरा होः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन्।
अध्यक्ष निवास खुमलटारमा शनिबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले सो कुरा बताएकी हुन्।
अध्यक्षले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन। इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो।’ उनले आफूहरूले जनयुद्ध र शान्ति प्रक्रिया दुवैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए।
अध्यक्षले भने, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत् समाजवादको तयारीमा छौं।’
पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई विनापूर्वाग्रह उचित भूमिका दिइने बताए। उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरू प्रति मेरो कुनै पूर्वाग्रह हुन्न।’ सेतोपाटि |