हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको समर पिकनिक सम्पन्न

ङिमा पाख्रिन / क्यालिफोर्निया – सेलरोटी, अचार, भट्मास साँधेको, चिउरा भुटेको साथै मासुका बिभिन्न परिकार सहित बार्वेक्यू र निंगार ! क्यालिफोर्नियाको बर्क्ली स्थित मरिना पार्कमा उपस्थित सबैजना नेपाली परिकारको स्वादमा रमाउँदै आ-आफ्नै समूहमा कुराकानीमा ब्यस्त देखिन्थे । केहि भने तामाङ सेलोमा कम्मर मर्काउँन पट्टी लागे । सबैका ध्यान त्यतैतिर ताने । पारिलो घामको न्यानोलाई चिर्दै बेला बेला बहेको शितल हावाले दशै तिहारको बेला काठमाडौमा हुने मौसमको अनुभूत गराएको थियो ।

तामाङ मौलिक पहिरणमा सजिएका केहि साथीहरु यताउता उपस्थित सबै माझ पुगेका देखिन्थे । केहि भने बार्वेक्यु पोल्न ब्यस्त थिए । केहि चाँही कार्यक्रमको खाका बनाउँन ब्यस्त देखिए । त्यहाँ टाँगिएको ब्यानरमा लेखिएको थियो -तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया, एन्युअल समर पिकनिक २०१८ ।


यसबाट प्रस्ट हुन्छ तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाले हरेक बर्षको समरमा पिकनिकको आयोजना गर्दै आएको छ । सन २०१८ को समर पिकनिक गत सप्ताहन्तमा सम्पन्न भएको छ । उक्त पिकनिकमा तामाङ समुदायका साथै नेपाली समुदायका लब्धप्रतिष्ठत ब्यक्तिहरु उपस्थित रहेका थिए । आयोजक संस्थाका संस्थापक अध्यक्ष रत्तु लामा, संस्थापक सल्लाहकार तथा उत्तर अमेरिका तामाङ समाजका वर्तमान सल्लाहकार बिध्यासागर योन्जन, पुर्व अध्यक्ष प्रकाश बज्यु, आयोजक संस्थाका संस्थापक तथा उत्तर अमेरिका तामाङ समाज केन्द्रिय कार्यसमितीका वरिष्ठ उपाध्यक्ष शेर थोकर लगायत लगभग दुई सय जना तामाङहरुको उपस्थिती रहेका उक्त पिकनिकमा नेपाल टुरिज्म बोर्डका लागि नर्देन क्यालिफोर्नियाका पब्लिक रिलेशन रिप्रेजेन्टेटिभ घन दवाडी र सिलिकोन भ्यालीका पब्लिक रिलेशन रिप्रेजेन्टेटिभ प्रकाश थापा लगायत नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियाका अध्यक्ष रविन्द्र राई, फेडेरेशन अफ नेपालिज ईन्डिजिनियस् पिपल्स् ईन अमेरिकाको क्यालिफोर्निया च्याप्टर अध्यक्ष देव किराँत, जनसम्पर्क समिती क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पुर्ण शेर्पा, बुध्द नेपाल पीस फाउन्डेशनका अध्यक्ष चिनकाजी श्रेष्ठ र महासचिव सुनिल राजकर्णिकार, क्यालिफोर्निया शेर्पा एशोसियसनका अध्यक्ष आङ ङिमा शेर्पा, मगर परिवार क्यालिफोर्नियाका अध्यक्ष बिनोद मगर, नेपाली कम्युनिटी सेन्टरका संयोजक उत्तम कार्की, युवा ब्यवसायी यज्ञलाल श्रेष्ठ, मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे, सङ्गीतकार मदन दिब्विम, गायक वुद्धिसागर बस्यालको सहभागिता थियो ।


आयोजक संस्थाका सक्रिय सदस्य गोविन लोप्चनले संचालन गरेको पिकनिक कार्यक्रममा संस्थाद्वारा आयोजित गत ल्होछार कार्यक्रममा सहयोग गर्ने कलाकार तथा स्वयंसेवकहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएका थिए । सँस्थालाई कार्यक्रम गर्न आर्थिक सहयोग गर्ने समुदायका सदस्यहरु राजेश मोक्तान, ज्ञान लोप्चन, बिनोद, तामाङ, पार्वती थोकर, कुमारी दोङ लगायत समर पिकनिक सफल पार्न अहोरात्र खटिएका कार्यसमिती सदस्यहरु तथा उपस्थित सबैलाई अध्यक्ष कुमार दोङले धन्यवाद ब्यक्त गरेका थिए ।

तामाङ समुदायको उत्थान, धर्म संस्कार–संस्कृतिको जगेर्ना गर्दै आपसी सद्भाव ,सहयोग र सहकार्यका लागि स्थापित तामाङ कोओपरेशन सोसाइटी अफ क्यालिफोर्नियाले समर पिक्निक, ल्होछार लगायत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । सान फ्रानसिस्कोमा सम्पन्न धार्मिक महोत्सवमा पनि अध्यक्ष दोङ सह-संयोजकको भूमिका तथा वाद्यवादन समूहमा रहेर सोसाईटीको सक्रिय सहभागिता गराएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution