हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

किन अाफै बाहिरिए रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ भित्र्याउने फिराेज?

काठमाडौं- अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ अहिले चर्चामा छ। भव्य सेट, खारिएका प्रतिष्पर्धी, प्रतिभावान् निर्णायक र प्रोडक्सन टिमको अनवरत खटाइले मात्र यो सम्भव भएको हो। यस्ता  ‘रियालिटी शो’मा प्रतिस्पर्धी क्रमिक रूपमा बाहिरिनु स्वभाविक नै मानिन्छ। यो खबर भने प्रतिष्पर्धी बाहिरिएको होइन।

शो उत्पादनका लागि अहोरात्र खटिएका ४ महत्वपूर्ण व्यक्तिमध्ये एक हुन् फिरोज तिमिल्सिना। उनी शोबाट बाहिरिएका छन्। शोबाट अलग्गिएर तिमिल्सिना उच्च शिक्षाका लागि भन्दै अमेरिका पुगेका छन्।

‘नेपाल आइडल’बाट निर्देशक लक्ष्मण पौडेल, कार्यक्रम सञ्चालक सुशील नेपाललगायतको टिम निस्किदा ‘द भ्वाइस’लाई विकल्पका रूपमा अघि सार्ने तिमिल्सिना नै थिए।

जिम्मेवारीका हिसाबले उक्त शोको चिफ असिस्टेन्ट डाइरेक्टरका साथै आइटी हेड पनि थिए तिमिल्सिना। ब्लाइन्ड राउन्डसम्मको निर्माण सकिएपछि उनले शो छाडेको बुझिएको छ। तिमिल्सिनाले शोको लाइसेन्स किन्न, अफिस डिजाइन गर्नसमेत महत्वपूर्ण योगदान गरेको निर्माण युनिटका सदस्य पनि बताउँछन्।

उनकै परिकल्पनामा डिजिटल अडिसन प्लेटफर्मका लागि एप बनाइएको थियो। केही प्रतिष्पर्धीले डिजिटल प्लेटफर्मबाटै अडिसन दिएका पनि थिए। गायकीका हिसाबले ‘द भ्वाइस अफ नेपाल’ आउनेबित्तिकै चर्चा कमाइरहेका सुशील गड्तौला तिमिल्सिनाले निर्माण गरेको डिजिटल प्लेटफर्म मार्फत् नै आएका हुन्।

यसबाहेक उनी कोचको प्यानल छान्न र सहभागी छनोट गर्न पनि खटेका थिए। प्रतिस्पर्धीका भित्री कथा र रियालिटी देखाउनका लागि उनी पूर्वपश्चिम पुगेका थिए। तिमिल्सिनाकै मार्केटिङ क्षमताका कारण शोले मुख्य प्रायोजक पाएको निर्माण युनिटकै सदस्यहरु बताउँछन्। उनले मार्केटिक प्रमुखका रुपमा पनि शोका लागि काम गरेका थिए। तर, शोको प्रोडक्सनको काम सकिएर ‘अनएअर’ हुने बेला सहकर्मीसँग चित्त दुखाउँदै बाहिरिएका छन्।

निर्माण युनिटका अन्य सदस्यले  आफूलाई एक्ल्याएर छायाँमा पार्ने रणनीति लिएको महसुस गरेपछि उनी बाहिरिएको बुझिएको छ। आइटी प्रमुखका रुपमा काम गरिरहेका उनले आफूबाट शोको डिजिटल सिस्टम हात पार्नसमेत अरु सदस्य लागी परेको चाल पाएपछि आफैं छाड्ने निर्णयमा पुगेको बताइन्छ। उनीसँग सल्लाह नगरी डिजिटल सिस्टम अर्कै कम्पनीलाई दिइएको बताइएको छ।

सपछि  शोका अन्य सहकर्मी तीन जनाप्रति उनी सशंकित बनेका थिए। सुरुवातको मौखिक सम्झौताअनुसार ‘सेयर’मा समेत कुरा मिल्ने अवस्था नदेखिएपछि उनी झन् निराश बनेका हुन्।

शोलाई बीचमा छाडेर जानुपर्ने अवस्थाबारे उनले घुमाउरो उत्तर दिए। ‘बिचमै छाड्ने योजना थिएन तर परिस्थितिले आउनुपर्‍यो’ नेपाल लाइभमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution