हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

को हुन राहुल गान्धीसँग काठमाडौंमा डिनर गर्ने सुम्निमा उदास ?

काठमाडौं, १६ भदौ । मानसरोवर जाने क्रममा नेपालको काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको नेपालका एक उदास परिवारसँग विशेष सम्बन्ध रहेको खुलासा भएको छ ।

काठमाडौं बसाईको क्रममा गान्धीले बर्माका लागि नेपाली राजदुत भीमकृष्ण उदासकी सुपुत्री सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदाससँग ‘डिनर–मिटङ’ गरेको स्वयम् राजदुत उदासले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

पत्रकार धमलासँगको कुराकानीमा उनले भने,‘हो, हिजो म र सुम्निमाले राहुलजीसँग डिनर गरेका हौं । उहाँसँग छोटो मिठो कुराकानी भयो । नेपाल–भारत द्धिपक्षीय सम्बन्धको बारेमा समेत संक्षिप्त कुराकानी भएको थियो ।’

उनका अनुसार राहुल दुई जना साथीसहित मानसरोवरको धार्मिक यात्रामा निस्किएका हुन् । राहुलसँग यात्रामा निस्किएकामध्ये एक जना उनका निजी चिकित्सक हुन भने अर्का चाही बलिउडका सपुरस्टार अमिताभ बच्चनका आफन्त छन् । आफूहरुसँगको डिनर मिटिङमा राहुलसँगै ती दुवै साथीपनि सहभागी रहेको उदासले सुनाए ।

राहुलले मानसरोवर यात्रामा निस्किँदा काठमाडौंलाई ट्रान्जिट बनाउनुमा सुम्निाको भूमिका र कारण महत्वपूर्ण मानिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राहुल र सुम्निमाबीच पूरानै सम्बन्ध हो ।

सिएनएनमा कार्यरत रहँदा सुम्निमाको नाम राहुलसँग जोडिएकोमात्रै थिएन, उनीहरु गहिरो प्रेममासमेत रहेको कुरा भारतीय मिडियामा चर्चा भएको थियो । सुम्निमाले लामो समय दिल्लीमा बसेर सिएनएनमा काम गरेकी थिईन्। सुम्निमा अहिले नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट संग्राहलय बनाउने परियोजनाका साथ सक्रिय छिन्  | रिपोटर्स क्लब नेपाल बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution