हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बिमस्टेकको १८ बुँदे घोषणापत्र जारी : २०३० सम्म गरिबी अन्त्य

सम्मेलनबाट पारित भएलगत्तै शुक्रबार सदस्य राष्ट्रहरूले बिमस्टेक ग्रिड सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । यो सम्झौताले बिमस्टेक सदस्य राष्ट्रबीच विद्युत् व्यापार तथा प्रसारणका लागि बाटो खुलेको छ ।

प्राथमिकता र कार्यक्षेत्रमा केही नयाँ समझदारी जुटाउँदै सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ, जसमा गरिबी निवारणदेखि आतंकवादविरुद्ध अभियानसम्मका योजना छन् । सम्मेलनले यसअघि तय भएका सहकार्यका १४ क्षेत्रमा सामुद्रिक अर्थतन्त्र (ब्लु इकोनमी) र हिमाली अर्थतन्त्र (माउन्टेन इकोनमी) लाई पनि थप गरी १६ पुर्‍याएको छ ।

भूपरिवेष्टित मुलुकको हितका लागि प्रस्ताव गरिएको ‘ब्लु इकोनमी’ को कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सदस्य राष्ट्र सहमत भएका छन् । यसले नेपाल र भुटानलाई फाइदा पुर्‍याउनेछ । परराष्ट्र मन्त्रीस्तरीय बैठक हुने गरेकोमा अब बिमस्टेक राष्ट्रका गृहमन्त्रीस्तरीय बैठकसमेत हुनेछ । यो काठमाडौं सम्मेलनले गरेको नयाँ घोषणा हो ।

घोषणापत्रमा उल्लेख गरिएअनुसार गृहमन्त्रीस्तरीय बैठक आतंकवाद नियन्त्रण र अन्तरदेशीय अपराधविरुद्ध सहकार्यका लागि हुनेछ । सम्मेलनले बिमस्टेक राष्ट्रका सुरक्षा प्रमुखको बैठकलाई पनि निरन्तरता दिने सहमति गरेको छ । सुरक्षा प्रमुखको बैठक थाइल्यान्डले सन् २०१९ मार्चमा गर्नेछ ।

कुनै पनि ढंगको आतंकवादलाई भत्र्सना गरी साझा रूपले निस्तेज पार्ने साझा संकल्पसहित जारी काठमाडौं घोषणापत्रमा जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्र निर्माण गर्ने सहमति जनाइएको छ ।

२१ वर्षअघि स्थापित बिमस्टेकको संस्थागत सुधारका लागि आधा दर्जन लिखित प्रतिबद्धता जारी भएका छन् । जसमा स्थायी कार्यसमिति निर्माण गरी बडापत्रको मस्यौदा तयार पार्ने, अध्ययन–अनुसन्धान गर्न कोष स्थापना गर्ने र सबै सदस्य राष्ट्रको प्रतिनिधित्व हुने गरी संगठनको प्रशासनिक ढाँचा बदल्ने उल्लेख छ । ‘सदस्य राष्ट्रको स्वैच्छिक योगदानमा आधारित बिमस्टेक विकास कोष स्थापना गर्ने सम्भावनाको खोजी गर्ने,’ घोषणामा भनिएको छ, ‘हरेक देशको एक जना हुने गरी बिमस्टेक सचिवालयमा निर्देशकको संख्या बढाएर ७ जना पुर्‍याउने ।’ बडापत्र स्थायी कार्यसमितिले निर्माण गर्ने र श्रीलंकामा हुने पाँचौं शिखर सम्मेलनमा पेस गर्ने घोषणापत्रमा उल्लेख छ । सम्मेलन समापनसँगै नेपालले अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई नेपालका प्रधानमन्त्री केपी ओलीले अध्यक्षता हस्तान्तरण गरेका हुन् ।

घोषणापत्र जारी भएलगत्तै त्यसबारे सातै देशका सञ्चारकर्मीलाई जानकारी दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेका थिए । उनले शिखर सम्मेलनबाट आपसी लाभका आधारमा शान्त र समृद्ध बंगालको खाडी क्षेत्रको परिकल्पना साकार हुने आधार तय भएको बताए ।

सार्क बिमस्टेकको विकल्प हुन नसक्ने भन्ने प्रधानमन्त्री ओलीको सन्देशलाई सञ्चारकर्मीको अघिल्तिर दोहोर्‍याउँदै उनले भने, ‘भारत पनि सार्कको विपक्षमा छ भन्ने मलाई लाग्दैन, केही नसुल्झिएका विषय छन्, जसलाई हामी सँगै बसेर सुल्झाउन सक्छौं र सार्कलाई जीवन्त बनाउन सक्छौं ।’

काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै ज्ञवालीले बिमस्टेक सम्मेलनले आउने दिनमा सदस्य राष्ट्रबीच सहकार्य र साझेदारीको वातावरण तीव्र बनाउने बताए ।

सन् २०३० सम्ममा बिमस्टेक राष्ट्रमा गरिबी अन्त्य गर्ने घोषणपत्रमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले पनि सन् २०३० मा गरिबी अन्त्य गर्ने गरी सदस्य राष्ट्रहरूमा दिगो विकासका १७ वटा लक्ष्य लागू गरिसकेको छ । यसैलाई सघाउने गरी बिमस्टेकले कार्यक्रम घोषणा गरेको हो ।

बिमस्टेक स्थापनालगत्तै चर्चा हुने गरेका व्यापार, लगानी र कनेक्टिभिटी पनि घोषणापत्रमा समावेश गरिएको छ । ‘भूपरिवेष्टित देशका समस्या पहिचान गरी तिनको विकासका लागि अर्थपूर्ण सहयोग गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा शान्ति, समृद्धि र दिगोपन ल्याउन बिमस्टेकले भूमिका निर्वाह गर्ने ।’

सडक, रेल, जलमार्ग र हवाईमार्गमार्फत सदस्य राष्ट्रबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धता दोहोर्‍याइएको छ । ‘जलमार्ग सम्झौता र यातायात सम्झौतालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने,’ घोषणापत्रमा छ, ‘यातायात कनेक्टिभिटीका लागि बिमस्टेक गुरुयोजना छिटो लागू गर्ने ।’ उच्च गतिको इन्टरनेट सुविधा आदानप्रदानका लागि बिमस्टेक सचिवालयले कार्यदलसमेत गठन गर्ने भएको छ ।

साथै, बिमस्टेक राष्ट्रभित्र स्वतन्त्र व्यापारका लागि भइरहेको वार्तालाई निरन्तरता दिने घोषणा गरिएको छ । ‘बिमस्टेक व्यावसायिक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन: सुचारु गर्ने’ घोषणा सम्मेलनले गरेको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने प्रतिबद्धता सम्मेलनले गरेको छ । ‘साना तथा मध्यम खालका प्रविधिसँग सम्बन्धित उद्योग स्थापनाका लागि एकापसमा सहयोग गर्ने,’ घोषणामा भनिएको छ, ‘कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञान प्रयोगको क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने ।’ नेपालले गर्ने भिजिट–२०२० लाई पनि बिमस्टेकले सहयोग गर्ने भएको छ ।

४ कार्यकारी प्रमुख फिर्ता

सम्मेलनमा भाग लिन आएका ६ राष्ट्रमध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख शुक्रबारै स्वदेश फिर्ता भएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चा शुक्रबार फर्किएका हुन् । भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ वाङचुक शनिबार फर्कने कार्यक्रम छ । उनी लुम्बिनी भ्रमणमा जानेछन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच थाइल्यान्डले सम्मेलन क्रममा नेपाललाई १७ करोड रुपैयाँ बराबरको मेडिकल उपकरण सहयोग गरेको छ । थाइल्यान्डले २०७२ वैशाखको भूकम्पलगत्तै उक्त सहयोग दिने घोषणा गरेको थियो । कान्तिपुर बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution