हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बिमस्टेक: ओली र मोदी सबै भन्दा धेरै व्यस्त,हतारिनेमा हसिना

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरको प्रयास (बिमस्टेक) सम्मेलनमा आयोजकका हैसियतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली निकै व्यस्त रहे भने छिमेकीहरुबीच ‘बीग ब्रदर’को हैसियतमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उत्तिकै व्यस्त रहे। बिहीवार विहान मात्र काठमाडौ आइपुगेकी बंगलादेशकि प्रधानमन्त्री शेख हसिना वाजेद भने शुक्रवार सम्मेलन सकिने बित्तिकै स्वदेश फर्किएकी छन्।

गोकर्ण गल्फ रिसोर्टमा पुग्न बाटोको स्तरोन्नती समयमै सम्भव नभएपछि सम्मेलनमा सहभागी पाहुनाहरुका लागि सम्मेलनस्थल होटल सोल्टी मै शुक्रवार बिहान गरिएको रिट्रिटमा सबै नेताहरु सहभागी भए। रिट्रिट कार्यक्रम पछि द्विपक्षीय भेटवार्तामा सबै नेताहरु व्यस्त रहे।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासँग साइडलाइन भेटवार्ता गरे। सोही अवसरमा थाइल्याण्डले नेपाललाई १५ लाख अमेरिकी डलर बराबरको मेडिकल सामग्री (हाललाई सांकेतिक रुपमा मात्रै) उपहार दिए।

त्यसपछि सबै सदस्य राष्ट्रका प्रमुख एवं सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुले बिमस्टेक पावर ग्रिड बनाउने समझदारी पत्रमा हस्ताक्षर गरे। त्यसपछि विमस्टेकको समापन समारोहमा सबै अतिथि सहभागी भए। उनीहरुले बंगालको खाडी क्षेत्रका मुलुकको प्रयासलाई पुर्नजीवित बनाउने प्रतिबद्धता व्यक्त गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै देखि निकै व्यस्त रहे। बिमस्टेक सम्मेलनका औपचारिक कार्यक्रम र छलफलका अतिरिक्त मोदीले आजै साइडलाइन भेटवार्तामा म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार दाशो छिरिङ वाङचुकसँग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरे।

यस्तै साइड लाइन वार्तामा ओली र मोदी पनि सरिक भए । यी दुवै नेताबीच यो वर्ष तेस्रो पटक भेटवार्ता भएको हो।

साँझपख पशुपति क्षेत्र तिलगंगामा भारतीय सहयोगमा निर्मित ‘नेपाल भारत मैत्री पशुपति धर्मशाला’ उद्घाटन कार्यक्रममा ओली र मोदी सरिक भए। यो कार्यक्रमपछि भारतीय प्रधानमन्त्री आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution