रमित लामाको गीतमा सोनी योन्जन मुसुक्का हाँसेपछि खेम मोक्तान मख्खै

तामाङअनलाइन – गायक रमित लामा तामाङको स्वरमा रहेको गीत “मुसुक्क हास्ने ……” बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ | गीतमा मोडेल सोनी योन्जन तामाङ र खेम मोक्तान तामाङले अभिनय गरेका छन् |
बैदेशिक रोजगारको क्रममा मोडेल सोनी योन्जन तामाङ इजरायलमा कार्यरत छिन् | इजरायल हुने विभिन्न कार्यक्रमहरु निर्त्य गर्दै आएकी उनी अन्तराष्ट्रिय कलाकार मन्च इजरायल शाखाको सदस्य समेत हुन् |
यस गीतको शव्द रचना कर्ण वाइबा तामाङको रहेको छ भने संगीत बिशाल काल्तान तामाङको रहेको छ |
उक्त गीतको निर्देशन मोडेल खेम मोक्तान तामाङले गरेका छन् | भिडियो सम्पादन रोशन फ्युबा तामाङले गरेका हुन् |
१४ भदौ २०७५