हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ट्रम्पले अभिनेत्रीसँगको सम्बन्धमा चलिरहेको मुद्दा खारेज गर्न माग

एजेन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले संघीय न्यायाधीश समक्ष एडल्ट फिल्मकी अभिनेत्री स्टोर्मी ड्यानिअल्सले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न माग गरेका छन् । ट्रम्प पक्षले पहिले देखि नै उनको यस्तो हर्कतलाई केबल चर्चामा आउने उपाय बताउँदै आएको छ ।

२००६ मा ट्रम्पसँग शारीरिक सम्बन्ध राखेको दाबी गर्दै आएकी ड्यानिअल्सले यसबारेमा उनलाई शान्त रहन ट्रम्पका मान्छेहरुले थुप्रैपटक ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी हुन् ।

तर सोमबार लस एन्जलसको अदालतमा भने ट्रम्पका वकिलले ड्यानिअल्सलाई वास्तवमा कुनै हानी नपुगेको बरु उल्टै यसबाट प्राप्त ध्यानाकर्षणमार्फत उनले अधिक फाइदा उठाएको दाबी गरेका हुन् ।

उनका अनुसार यही घटनाका कारण अहिले क्लबहरुमा ड्यानिअल्सले पहिलेको भन्दा चार गुना बढी पारिश्रमिक लिने गरेकी छन् । अर्कोतर्फ ड्यानिअल्सका वकिलले भने बिना कुनै प्रमाण गरिएका यस्ता दाबी स्वीकार्य नहुने बताएका हुन् ।

ड्यानिअल्सका अनुसार २०११ को टच म्यागजिनमा उनले ट्रम्प र आफ्नो सम्बन्धबारे खुलासा गरेपछि नै उनलाई ट्रम्पलाई एक्लै छाड्न भन्दै ज्यान मार्ने धम्की दिइएको थियो । लस एन्जलसको पार्किङस्थलमा एक व्यक्ति आक्रामक शैलीमा आएर आफ्नी छोरीलाई हेर्दै ‘यति राम्री नानीको आमालाई केही भयो भने कति नराम्रो हुन्छ’ भन्दै धम्क्याएको उनले बताएकी हुन् ।

यसपछि ड्यानिअल्सले गत अप्रिल १७ मा नै धम्की दिने ती व्यक्तिको स्केच बनाउन लगाएकी थिइन् ।  तर उता ट्रम्पले भने ड्यानिअल्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएका छन् । यसैको भोलिपल्ट उनले उक्त स्केचमा देखाइएको मान्छे पनि यो संसारमै नभएको बताउँदै यसलाई फेक न्युज मिडियाले खेलेको धोकापूर्ण खेल भनि ट्वीट गरेका थिए ।  ड्यानिअल्सले भने उनको सो ट्वीट समेत मानहानीकारक भएको आरोप लगाउने गरेकी छन् । सोमबार भने ट्रम्पका वकिलले यो सबै केबल राष्ट्रपतिको छवि खराब गर्ने षड्यन्त्र भएकाले उनले स्पष्ट प्रमाण समेत प्रस्तुत गर्न नसक्दा मुद्दा यहीँ खारेज गरिनुपर्ने माग राखेका हुन् ।

केही समय अगाडि मात्र ट्रम्पका पहिले देखिका व्यक्तिगत वकिल माइकल कोहेन, संघीय निर्वाचन नियम विपरित ट्रम्पबारे हानिकारक जानकारी सार्वजानिक नगराउन ड्यानिअल्सलाई अवैध रुपमा १ लाख डलर भन्दा बढी रकम दिएको आरोपमा पक्राउ परेका थिए ।

उता ट्रम्पले भने कोहेनले पुलिसबाट बच्नका निम्ति आफैँले काल्पनिक कथा बनाएको भनि ट्वीट गरेका छन् । त्यसैगरी ह्वाइटहाउसले पनि यस विषयमा राष्ट्रपति कुनैपनि गलत कार्यमा संलग्न नरहेको प्रतिक्रिया दिँदै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution