हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किन आउँछ विदेशबाट मिस्ड कल ?

के एकाबिहानै विदेशबाट नचिनेको नम्बरबाट आएको फोनले तपाईँलाई ब्युँझाएको छ? अनि साथीभाइ वा आफन्तको मिस्ड कल होला भन्ठानेर ती नम्बरमा फोन गर्नुभएको छ?

खासै नाम नै नसुनिएका देशबाट बेलाबखत आउने त्यस्ता फोनले अहिले नेपालमा मोबाइल फोन प्रयोगकर्ताहरू छक्क पर्ने गरेका छन्।

फोनमा एक घन्टी हानेर छोड्ने र प्रयोगकर्तामा उत्सुकता उत्पन्न गराई कल ब्याक गर्न लगाएर त्यसबापत महङ्गो रकम काट्ने गिरोहहरू केही देशमा सक्रिय छन्। ती फोन तिनैले गरेका हुन्।

‘वान्गिरी’ पनि भनिने त्यस्ता फोनबारे मोबाइल सेवाप्रदायकहरूले बेलाबखत एसएमएस र सामाजिक सञ्जालबाट सतर्क रहन सूचना पनि दिने गरेका छन्। तर सर्वसाधारण भने झुक्किन छोडेका छैनन्।

तरिका

प्रकृति खड्काको मोबाइलमा केही दिनअघि नौलो नम्बरबाट मिस्ड कल आयो। त्यो फोन माडगास्कर र अफ्रिका महादेशको बीचमा पर्ने कोमरोज टापुबाट आएको थियो।

केही समयअघि नेपाल टेलिकमले पठाएको त्यस्ता कल आए “कल ब्याक नगर्नू” भन्ने आशयको सन्देश पाएकी उनलाई त्यो फोन भने ‘स्प्याम कल’ भएको अनुमान गर्न गाह्रो भएन।

उनले सुनाइन्, “त्यस्तो देश छ भन्ने पनि थाहा थिएन, त्यहाँ आफ्ना मानिसहरू हुने त कुरै भएन।”

यन्त्रमार्फत् स्वचालित रूपमा एकैपटक धेरै नम्बरमा सङ्गठित गिरोहहरूले मिस्ड कल गर्छन्।

अमेरिकी वा युरोपेली देशहरूसँग प्राविधिक साझेदारी नगरेका कोमरोज, चाड, क्युबा, माडगास्करजस्ता देशहरू मोबाइल फोन सेवामा उच्च शुल्क लिने स्थान मानिन्छन्।

गिरोह

कलब्याक गर्दा ती कलको मार्ग अन्यत्रै मोडेर ती गिरोहहरूले अवाञ्छित फाइदा लिने गरेको नेपाल टेलिकमका अधिकारीहरू बताउँछन्।

टेलिकमका सहप्रवक्ता सोभन अधिकारी भन्छन्, “यताबाट कल ब्याक गरिने ती देशहरूका फोन शुल्क निकै महँगो मानिन्छ।”

नेपाल प्रहरीका अनुसार सबैभन्दा पहिले दुई वर्षअघि यस्ता फोनहरू आउन थालेपछि नेपाल प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत गराएको थियो।

पहिला आक्कलझुक्कल आउने त्यस्ता कलहरू केही सातादेखि व्यापक रूपमा आउन थालेका छन्।

रुसअन्तर्गत रहेको टार्टार्स्तानको +७ र युगान्डाको +२५६ बाट सुरु हुने विभिन्न नम्बरबाट गत तीन हप्तादेखि धेरै चोटि एवम् अरू कन्ट्री कोड भएका नम्बरबाट पनि मिस्ड कल आएको धेरैको गुनासो छ।

प्रवृत्ति

गलत उद्देश्यबाट आएका त्यस्ता कलबारे जानकारी दिने केही एप्‌ पनि छन्। तर ती एप्‌ले समेत प्रयोगकर्ता र तिन सङ्ग्रहमा भएका नम्बर तान्न सक्ने र गोपनीयता भङ्ग गर्न सक्ने सम्भावना भएको सूचनाप्रविधिविज्ञहरू बताउँछन्।

स्प्याम कलबाट बच्ने एउटा उपाय आफ्नो नम्बर सुरक्षित राख्नु हो। असुरक्षित लाग्ने अपरिचित नम्बरबाट आएको फोन उठाउन वा फर्काउन नहुने विज्ञहरू बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार त्यस्ता नम्बरहरूबारे जानकारी पाएमा तिनलाई रोक लगाउन समेत सकिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ।

प्रयोगकर्ता बढिरहँदा र नयाँनयाँ प्रविधि प्रयोगमा आउँदा नौला चुनौती पनि थपिने गरेको अधिकारीहरू बताउँछन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution