अमेरिकी डलर ६१ हजार सहित दुई पक्राउ, हुण्डी र सुन कारोबारी हुनसक्ने आशंका

प्रहरीले काठमाडौंको लैनचौरबाट करिब ७० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ चेकजाँचका क्रममा महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरी टोलीले लामो समयदेखि प्रहरीको निगरानीमा रहेका सुनसरीको धरानका ३५ वर्षीय अमर विक र रुकुम, सिस्नेका २९ वर्षीय धन बहादुर खड्कालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट अमेरिकी डलर ६१ हजार ६ सय २० फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरु हुण्डी र सुन कारोबारी हुनसक्ने प्रहरीको आशंका छ। ‘हुण्डी कारोबार र सुन कारोबारी भएको आशंका छ, थप अनुसन्धान गरिरहेका छौं।’ काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने।