हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

तामाङ : गोने ङ्ह्या भनेको के हो ? 

गोनेङ्ह्या (तामाङ ज्ञान दिवस) तामाङ चाडपर्वहरु मध्येको ज्ञान केन्द्रित चाड हो । यो पर्वमा ज्ञान सिप शिक्षा चेतना र सुचनाहरु सास्कृतिक रुपमा संचार गर्ने गरिन्छ । प्रकृति, जीवन, समाज, संस्कृति, ज्ञान, चेतना र उन्नति प्रगतिमा आएको फेरवदल अनुसार आफु सहित सवै घर परिवार लाई अघि लगाउने तिथी हो । मन शरीर जीवन घरपरिवार समाज र लोकको लागि ज्ञान चेतना र पुण्य तथा दैवी शक्तिको महत्वबोध गराई सवैलाई सचेत शिक्षित र दिक्षित बनाउने पुञ्य तिथी हो ।

अस्तित्व तथा आत्म उदबोध, आफु र आफन्तप्रतिको स्वत्वबोध र आफनो आत्मसम्मानको लागि आफनैखाले मुल्यमान्यता, विश्वास, दृष्टिकोण, धारणा र जीवनदर्शनहरुको तत्वबोध गराउने दिन पनि हो । ज्ञानको अबज्ञानबाट ज्ञानकै ज्ञानकरण, ज्ञानको ज्ञानचित्ताहरुमाथि अवतरण, ज्ञानको गुरु चेलामा स्थान्तरण, ज्ञानको ज्ञानी र लोक चित्तामा लोकोर्पण र ज्ञानको पुस्ता पुस्तामा पुस्तान्तरण हुने महत्वपुर्ण घडी र कडी दुबै हो । अर्काे शव्दमा भन्दा समग्र ज्ञान, ज्ञानशक्ति शक्तिको साधन, साधनाको सिद्धि र शिद्धिको लोकदीक्षान्त हुने अबसर र उत्सव हो । जहाबाट सवै किसिमको दोष द्धोश र क्लेशबाट मुक्त भै शुभघडीको ढोका खुली पुण्यशक्ति प्रस्फुटन हुन्छ । पुण्य,शुभ र लाभहरुको पुनित घडाहरु लस्कार लाग्ने घडीको थालनी हुन्छ ।

गोनेङ्ह्याको शाव्दिक अर्थ :

गोनेङ्ह्या तामाङ शव्द हो । यो गोने र ङ्ह्या दुई भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसको अर्थ गोनेको ङ्ह्या भन्ने हुन्छ । गोने तामाङ सातौ महिनाको नाम हो । यो नेपाली साउन र भदौ महिनाको बीचमा पर्दछ । जसको अर्थ गोने महिनाको ङ्ह्या अर्थात पुर्णिमा भन्ने हुन्छ । गोने शव्दको अर्काे नि अर्थ लाग्ने गर्दछ । गोने शव्द गो र ने भन्ने दुइ भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसमा गो भनेको ढोका, संघार, दैलो, द्धार, नाका, दुर्गा, गढि, पीठ, तथा ढाड भन्ने हुन्छ । त्यसरी नै ने भनेको देउ, देउथान, देउरली, मन्दिर, धाम, तीर्थ, भन्ने समेत बुझाउदछ । जसको संयुक्त अर्थ देउताको ढोका भन्ने हुन्छ । त्यसैगरि ङ्ह्या भनेको चाही भनेको चाही पुर्णिमा हो । शुक्लापक्षको प्रतिपर्दाको दिनलाई बुझाउदछ । तामाङहरु यस्ता दिनहरलाई पुण्यतिथीको रुपमा लिइन्छ । यसरी यी टुक्रा टुक्रा शव्दहरुको समुच्च र सम्पुढर्ण अर्थ भनेको देवताको ढोका खुल्ने पुर्णिमा तथा पुण्यतिथी भन्ने हुन्छ ।

छार न्हान मासिकबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution