हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

तामाङ संस्कार संस्कृति : जन्म देखि विवाह सम्म

तामाङ संस्कार र संस्कृति एक उच्च, समृद्ध र विशिष्ट संस्कृति हो । यो झांक्रीवाद, लामावाद र ताम्बावादको समिश्रति एवं सुन्दर रुपमा जिवित र क्रियाशील छ । यो नै तामाङ जातिको पहिचान र अस्तित्व पनि हो । प्रत्येक समाजमा आफ्नो संस्कार संस्कृतिलाई नियमित र स्थापित गर्ने परम्परागत संस्थाहरु हुन्छन् । तामाङ समाजमा पनि बोम्बो-बोम्बो, लम्बु, लाप्तावा) लामा-लोपन, लोवेन) र ताम्वा जस्ता परम्परागत संस्थाहरु छन् । तामाङ समाजलाई व्यवस्थित गर्न नाङखोर राख्छन् । अन्त्येष्ठीक्रिया सम्पन्न गर्न बाह्र छोक्पा बनाउाछन् । तर आजभोलि यी संस्थाहरु र संस्कार संस्कृतिप्रति केही तामाङहरुमा विचलन र उदासिनता आएको देखिन्छ भने केहीमा अनावस्यक खर्चिलो, तडकभडक गर्ने र विकृति समेत देखिन थालेका छन् । यी दुबै गलत प्रबृत्तिहरु हुन् । यसले समाजमा सांस्कृतिक ह्रास ल्याउादछ र अन्तत्वागत्वा तामाङ जाति कै पहिचान संकटमा पर्न सक्तछ । तामाङ जातिको जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण संस्कार सम्पन्न गर्न समाज-हृयुल्वा/नाम्सावा) का अगुवाहरु लामा, गान्वा -गान्सुम), ताम्वा, बोन्बो-लाप्तावा, लम्बु, साङदुङ), चोहो, गौराइ-गाअुराअी), मुल्मी, व्योनह्रावादोर्जे, स्यान्वा, छ्याङवा, छ्युमा, कोङगेर, कटाअुकेको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यिनै समाजका अगुवाहरु संलग्न तामाङ समाजको सामाजिक संरचनाले तामाङ समाजलाई जीवन्त, गतिशिल र व्यवस्थित बनाई आएको छ । तर आज यी संरचनाहरु पनि दिनदिनै भत्किदै छन् र बाहृय संस्कृतिको अतिक्रमणबाट संस्कृति विकृत हुादै जाादैछन् । त्यसैले तामाङ समाजमा तामाङ संस्कार संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासको निम्ति रुढीवादी र विकृतिहरुलाई हटाएर वैज्ञानिक रुपमा परिस्कृत गर्नुपर्ने माग आएको छ ।

विश्वमा प्रविधिको विकास, संचार र व्यापारको क्षेत्रमा भुमण्डलीकरण द्रुतत्तर गतिमा भइरहेको छ । त्यही अनुपातमा आन्तरिक तथा बाहृय सांस्कृतिक साम्राज्यवादले हाम्रो जस्तो राज्यसत्ताद्धारा संरक्षण प्राप्त नभएको संस्कृतिलाई अतिक्रमण गर्दै बढीरहेको छ । अनि, तामाङहरुलाई हिन्दूकरण, इशाइकरण, र तिव्वतीकरण गर्ने जस्ता अनेकौ प्रयासहरु पनि यथास्थानमा यथावत नै छन् । हाम्रो समाजको आधारहरु मानिने आर्थिक उत्पादन र विनिमयका रुपहरुमा समेत परिवर्तन आएका छन् । यस्तो परिस्थितिमा कतिपय तामाङहरुमा सांस्कृतिक विचलन र आफ्ना मान्यताप्रति उदासिनता जस्ता प्रबृत्तिहरु उत्पन्न हुनु अस्वाभाविक हुन सक्दैन । तापनि यसता प्रबृत्तिहरु बढ्दै गएमा हाम्रो संस्कार संस्कृति लोप हुने खतरा हुन्छ ।

अन्तिम विश्लेषणमा भन्ने हो भने यसबाट तामाङ जातिकै पहिचान र अस्तित्व लोप हुन सक्दछ । तामाङ जाति नै तामाङ संस्कार संस्कृतिको संरक्षक र पहरेदार हुन् । तामाङहरुले आफ्नो संस्कार संस्कृतिप्रति गर्व सकेमा मात्र यसको संरक्षण हुनसक्दछ । साथै, कुनै संस्कार संस्कृति त्यसवेलासम्म समाजले मान्दछ जवसम्म त्यसमा समाज उपयोगी गुणहरु एवं क्षमताहरु विद्यमान रहन्छ । संस्कार संस्कृति नै समाजका लागि बोझ र विकासको लागि बाधक बन्न थालेमा त्यस्तो संस्कार संस्कृति बचाउने कोही पनि हुादैनन् । अतः समय, परिस्थिति, वैज्ञानिक, प्राविधिक विकास र त्यसद्धारा उत्पन्न ज्ञानहरु अनुरुप संस्कार संस्कृतिलाई वैज्ञानिक, तामाङ समाज र जीवनपयोगी बनाउादै लैजानु अनिवार्य आवस्यकता भएको छ ।

यही तथ्यहरुलाई ह्रृदयंगम् गरी तामाङ संस्कार संस्कृति र जातीय पहिचानलाई कालान्तरसम्म जोगाइ राख्न निश्चित नीति नियम र मार्ग निर्देशनहरु निर्माण गर्नु वान्छनीय भएकाले नेपाल तामाङ घेदुङ, केन्द्रीय सचिवालयको आयोजनामा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष परशुराम तामाङको सभापतित्वमा सल्लाहकारज्यूहरु, केन्द्रीय पदाधिकारीज्यूहरु, भातृसंगठनहरुः नेपाल तामाङ लामा घेदुङ, नेपाल तामाङ महिला घेदुङ, नेपाल तामाङ युवा घेदुङ, नेपाल तामाङ विद्यार्थी घेदुङ र नेपाल तामाङ संस्कृति घेदुङका केन्द्रीय प्रतिनिधिहरु तथा जिल्ला कार्यसमितिका प्रतिनिधिहरु एवं गान्वा, ताम्वा, बोम्बो समेतको राष्टिय तामाङ भेलाबाट विभिन्न तामाङ क्षेत्र र वस्तीहरुबाट आएका राय सुझावहरु समेतका आधारमा पारित गरी “तामाङ संस्कार संस्कृति निर्देशिका” जारी गरिएको छ ।

१. जन्म संस्कार

१.१ गर्भको रक्षा

१) गर्भको शिशु र आमा समेतलाई राम्रो -मंगल) होस् भन्नाको लागि बौद्धधर्मको ‘दोमाङ’ परित्राणको शुत्र घरमा समय समयमा पाठ गर्ने । आ आफ्नो थर विशेषको परम्परा अनुसार घरका कुल देवताहरुलाई गर्भिणी महिला, भर्ग र घरपरिवारलाई सुख, श्वास्थ्य र शान्तिका लागि ‘साङसेर्गेम’ गर्ने ।
२) गर्भवती महिलाले खतरनाक, डरलाग्दो काम, दृश्यहरु, शारिरीक र मानसिक रुपमा जोखिम र प्रतिकूल आघात पर्ने काम नगर्ने । गर्भवती अवस्थामा श्रीमान् श्रीमती दुवैले प्राणी हत्या नगर्ने । तामाङ समाजमा गर्भधारण गरेकी महिलालाई कुनै पनि शुभ अशुभ कर्मकाण्डको कार्यहरु गर्नबाट बन्चित नगर्ने ।
३) गर्भिणी महिला र गर्भको रक्षाको लागि ल्हेकाव र सिमेभुमे-शिव्दाःनेदा) आदिको पूजाआजा गर्ने । गर्भिणी महिलाको अघिल्लो बच्चा खेर गएको छ भने बोम्बोबाट ‘रीसापा’ -मोच) मार्ने ।
४) गर्भको शिशु र गर्भिणी महिलाको राम्रो स्वास्थ्यको लागि पोषिलो खानेकुरा खाने, खुवाउने । सम्भव भएमा जान्ने बुझ्ने बुढीआमाहरु, सुडेनी, महिला स्वास्थ्य कार्यकर्ता तथा नजिकको स्वास्थ्य चौकीहरुमा सम्पर्क राखी वेला वेलामा जचााउने र सुत्केरी गराउने ।

१. २) जन्म

१) बच्चा जन्मीसकेपछि नुहाई धुवाई सफा गरिसकेपछि सुत्केरीलाई तागतिलो र पोषिलो खानेकुरा खुवाउने ।
२) महायानी बौद्ध परम्परा अनुसार आमा र बच्चाको सुरक्षार्थ लामाद्धारा छेडुप, दोमाङ पाठ, मंगलशुत्र र दाज्र्यूको सुत्र समेत पाठ गर्ने ।
३) आमा र बच्चाको रक्षार्थ लाव्तावा र बोम्बोद्धारा कूलधर्म अनुसारको पूजा गर्ने । बच्चा जन्मेपछि अनुभवी महिला वा स्वास्थ्य कार्यकर्ताको सहयोग लिई खिया नपरेको सफा हतियारले नाल काट्ने विड्याउने । नाल विड्याइसकेपछि बच्चा सफा पानीमा नुहाई धुवाई गरी सेकताप गर्ने र चोखो पातिले सफा गरी आमाको दूध खुवाउने ।
४) नाल साल टपरी वा पातमा पोको पारी सुरक्षित स्थानमा गाड्ने ।

१.३) न्वारन-थाप्साङ, ठुअीसाङ थेन मीन थान्वा)

१) आ आफ्नो ठाउाको रितिथिति बमोजिम लामा, बोम्बो, लाप्तावा आदि पुरोहितहरु ल्याएर नव शिशुको न्वारन गर्ने । न्वारनका वेला नाम राख्दा तामाङ भाषामा राख्ने । जस्तैः -पोटी, रेप्पा, लाछिरिङ, ङीमालासी, खेचा, सेल्चाग्रोङ, मर्चाग्रोङ, मार्का) आदि । छोरा वा छोरीको पााच दिनमा न्वारन गर्ने । ‘दोमासे’ नबार्ने ।
२) शिशुको नाम राखी ची -ज्योतिषशास्त्र) को आधारमा नक्षेत्र, ग्रह, दिन, वार, ल्हो, खाम र मेवा मिलाएर नाम राख्ने ।
३) तामाङ समाजमा न्वारन गर्दा न्वारन गर्ने पुरोहित ‘लामा वा बोम्बो’ लाई निम्तो दिन पोङ वा खादा पठाउने ।
४) लामाहरुले ‘साङवुम्बा छ्योअी’, दोर्जे नाम्ज्युङ, टासी चेप्गे पाठ गर्ने । लामा नभएको अवस्थामा ‘मान्छाङ’ न्वारन गर्ने । लामा नपाइएमा गान्वा, ताम्वा, भानिज, ज्वाई, मामाद्धारा ‘सिङने नर्ग’ गराउने । साङवुम्बा, ठु आदिको प्रयोग गरी न्वारन सम्पन्न गर्ने ।
५) थाप्साङ, ग्रेसिङ, तितेपाती र दर्शनढुंगा आदि तातो आगोको कोइलामा राखी वाफले शिशुलाई सेकाउने, शिशु र सुत्केरी आमालाई नुहाइ धुवाई पुजा पाठ पछि कलशको पानीले शुद्ध गर्ने, साथै, शिशुको सालनाल तथा सुत्केरी स्याहार्ने सुडेनी वा जो छ उसलाई र न्वारनका दिन आमन्त्रित हुनेहरुलाई बुम्बाको पानीले शुद्ध पार्ने ।
६) अन्तरजातीय विवाहबाट जन्मेका शिशुको पनि बावुआमाको तामाङ रीत बमोजिम विवाह भइसकेको हो भने न्वारन गर्न हुन्छ ।
७) न्वारनमा आफ्नो वंश, आफन्त, मावली एवं गान्वा, आखे माम, लामा, पुरोहित, चेलीमाइतिलाई बोलाई साधारण ‘डोन’ मात्र खुवाउने ।
८) न्वारान गर्दा लामा, बोम्बो वा कोद्धारा गराउने हो सम्बन्धीत अभिभावकको इच्छा अनुसार गर्ने ।

१.४) झााक्रीद्धारा गरिने न्वारन

बुम्बा, कलशमा ल्वाङ, सुकुमेल, श्रीखण्ड, पााचऔले, तितेपाती, दुवो, कोको म्हेन्दो धातु जस्ता पदार्थहरु हाली त्यसलाई शुद्ध पारी बुम्बाको पानीले प्रसाद -छो), फलफूल आदि परिवार तथा आमन्त्रित सबैलाई छर्कने र खान पिउन दिई शुद्ध पार्ने काम गर्ने ।

२.० कर्म संस्कार

२.१) पास्नी -कान ख्वावा)

१) लामाद्धारा राम्रो साइत जुराएर मामा, आमा, आपा वा बाजे बज्यै जसको हातबाट भात खुवाउने साइत जुर्छ, उसैको हातबाट भात खुवाउने । त्यसपछि क्रमशः ठूलोदेखि खुवाउने र आशिर्वाद -जिन्लाप) दिने । त्यस दिनमा बच्चालाई नयाा लुगा पनि लगाईदिने । छोरा अथवा छोरीलाई ५ महिना मै भात खुवाउने ।
२) भात खवाइको दिन लामाद्धारा साङसेरकेम र ताम्बा वा बोम्बो -लाप्तावा, साङदुङ) द्धारा आफ्ना गाउाका देवी देवताहरु साथै घरका कूल देवताहरुको साङसेरकेम गर्ने ।
३) भात खुवाईमा आमा बाबु, लामा, आखेमाम, मेमे, छिमेकी, भद्र भलाद्मी, ताम्बा, आस्याङ, गाउाका बुढापाका, इष्टमित्र र मावालीहरु समेतलाई आमन्त्रण गरी आर्थिक भार नपर्ने गरी भोज खुवाउने ।
४) भात खुवाइको उपलक्षमा गाउाका ताम्बा र आस्याङहरु एक आपसमा डम्फू बाजा बजाएर ताम्बा काइतेन मार्फत् शिशुलाई शुभ आशिर्वाद दिने परापूर्व कालदेखिको चलन यथावत् कायम राख्ने ।

२.२) छेवार

१) छोराको छेवार ३ वर्षदेखि ७ वर्षसम्ममा विजोर वर्ष पारेर गर्ने ।
२) छेवार गर्दा मामालाई केही सगुन लगी निमन्त्रणा पठाउने तर ‘डाङ’ नलाने । भान्जा देखाउने -कोन ङोन्वा) चलन नगर्ने ।
३) छेवारमा अभिभावकको इच्छा अनुसार बोन्बो, ताम्बा, वा लामा लगाई साङसेरकेम गर्ने । लामाद्धारा साइत जुराएर मामाद्धारा केश काट्ने । चेलीले काटिएको कपाल टपरीमा थाप्ने । नीजि मामा नभएमा अरु नाता पर्ने मामाबाट कपाल काट्न बाधा छैन ।
४) छेवारमा दाम्लोले बााधी मुखमा दूवो च्याप्न लगाई हातमा फलफूल राखी कपाल काट्ने चलन बन्द गर्ने ।
५) छेवार गर्दा बोम्बो वा ताम्बाहरुले साङसेरकेम गरी प्रसाद -छो) चढाउने ।
६) कपाल काट्दा पहिले दियो कलश पुजेर र घडी थापी ठीक साइत जुराई पहिलोपल्ट काटेको कपाल पूर्व दिशाको देवतालाई चढाउने र क्रमशः चारै दिशाको देवतालाई चढाउने र आकाशका, पातालका देवतालाई चढाउने र केश कैचीले मेलैले काट्ने ।
७) छेवारमा काटेको कपाललाई चोखो रुखको टोड्कामा अथवा ढुंगाको आडमा राख्ने, पानीमा लगेर सेलाउने, काटेको कपाललाई चोखो ठाउामा फूलको रुखको फेंदमा वा कसैले पनि नकुल्चने ठाउामा राख्ने ।
८) छेवारमा ताम्बाहरुद्धारा डम्फू बजाएर ताम्बा काअीतेनबाट तामाङ समाजमा परम्परादेखि चलिआएको विधिविधान यथावत् कायम राख्ने ।
९) निम्तालुहरुले नौनी घिउ वा कोको म्हेन्दो लगाइ आशिक र उपहार स्वरुप साधारण दक्षिणा दिने ।
१०) घरको तर्फबाट सकेसम्म थोरै छ्याङ रक्सी बनाउने । थोरै खर्चमा छेवार सम्पन्न गर्ने र सिमित दाजुभाई तथा इष्टमित्र नातागोतालाई बोलाउने । मामा ठेगानको लागि १ पोङ, एउटा कुखुरा र छेवारपछिको डाङको रुपमा एक पोङ, १२० -छ विसा) रोटी/बाबर र एउटा कुखुरा लाने । छेवार एकै दिनमा सम्पन्न गर्ने र गराउने ।
११) मामाको तर्फबाट टोपी, फेटा, एकजोर लुगा तथा जुत्ता र बढीमा १ वटा थाल लाने वा लान पाउने ।
१२) निम्तामा आउने पाहुनाहरुले डाङको सट्टामा बढीमा रु. १५०। सम्म दिने र छोरीचेलीको हकमा साधारण स्यालगार -सगुन) मात्र ल्याउने ।
१३) छेवारमा तामाङ जातिको परम्परागत बाजा टुङना र डम्फू बाहेक अन्य बाजाहरुको प्रयोग नगर्ने नगराउने ।

२.३) प्रवज्या -टाप्चे)

तामाङहरु महायानी लामा बौद्धधर्मका अनुयायी भएकाले बौद्ध धर्ममा प्रवेश गर्न लामाद्धारा बालक वा बालिकालाई शुभसाइत निकाली टासी चेप्गे-मंगलशुत्र) पढाइ बच्चाको टाप्चे गर्ने-टुप्पी काट्ने) । बच्चा लामा गुरुले दिएको मन्त्र जप्न सक्ने उमेरको हुनुपर्दछ ।

२.४.१) गुन्यु चोलो दिने -स्यामा हाङरे पिन्वा)

१) छोरीलाई साइत अनुसार ७, ९ र ११ वर्षमा स्यामा हाङरे -गुन्यु चोली) दिने ।
२) यसरी छोरीलाई गुन्यु चोली दिदा अभिभावकको इच्छा अनुसार लामा, ताम्वा वा बोम्बोद्धारा साङसेरकेम गर्न लगाउने ।

२.४.२) रजस्वला नवार्ने

कुनै ठाउामा अन्यधर्मको प्रभावमा परेर महिनावारी भएको समयमा महिलाले देवता थान् -छयोखाङ) मा पूजाआजा नगर्ने र बार्ने गरेकोमा अव उप्रान्त नवार्ने ।

२.४.३) टाटु खोप्ने-म्हेन्दोछ्यावा), कान छेड्ने र गरगहना लगाउने

छाला खोपेर अक्षर वा चिन्ह बनाउने, टाटु खोप्ने, कान छेडी गहना लगाउने, गला, हातमा गहना लगाउने चलन यथावत् कायम राख्ने ।

२.४.४) पोते र सिन्दूर नलगाउने

तामाङ महिलाहरुले पोते र सिन्दूर नलगाउने ।

२.५) विवाह


१) तामाङ समाजमा परम्परादेखि चलिआएको मामा फूपु चेलाचेली विवाहलाई यथावत् कायम राख्ने ।
२) स्वाागेभाई मिचेर विहेवारी नगर्ने, नगराउने । स्वाागेभाइका वारेमा नजिकको ताम्बासाग सम्पर्क गरी जानकारी लिने ।
३) केटीको राजीखुशी मन्जुरी बाहेक जोरजुलुम जवरजस्ती केटी तानेर लैजान नपाउने । कुटुम्बेरीले छोरी चेलीको मगनी गर्दा तोकिएको भन्दा बढी रित्भात् र नगद लिनेदिने नगर्ने ।
४) विवाह गर्दा पहिले सोधनी-कर्जेल/ङ्योत्पा) पोङ र कुरा छिन्ने -ताम् छ्याल्वा) पोङ बाहेक अरु पोङ लिनदिन नगर्ने । कन्यार्थ जाादा ङ्योत्पा-सोधनी) पोङ लाने, त्यसमा १ पोङ, खादा, कोकोम्हेन्दो र साधारण कोसेली लैजाने । विवाहको छिनोफानो गर्न जाादा ताम्छ्याल्वा पोङ लैजाने जसमाः १ पोङ, खादा, कोकोम्हेन्दो र साधारण कोसेली लैजाने ।
५) प्रत्येक तामाङले विवाहमा केटापक्षले चारदाम र रित्भात् बुझाउने र केटीपक्षले वागदान दिनुपर्ने । बुझाउनुपर्ने रित्भात् र चारदाम नबुझाएमा तामाङ समाजमा विवाह पाको नहुने ।

५.१) चारदाम : चारदाममा १/१ को सिक्का ४ वटा-४ रुपैयाा), ५ वटा पोङ, लाम्हेन्दो-कोकोम्हेन्दो) लैजाने । चारदाममध्ये १ दाम केटीलाई, १ दाम सहोदर माइतीलाई, १ दाम केटीको आमा बाबु र १ दाम बन्यौली माइतीलाई दिने । पोङहरुमा १ पोङ चारदाम, १ पोङ माइती, १ पोङ मावली, १ पोङ फूपु र १ पोङ बाबुआमालाई बुझाउने ।

५.२) डाङ, वाङदे, खोन्सोरोङ-रितभातको हकमा माइतीलाई १ पोङ रक्सी र थोङ्से, १२० -छ विसा) रोटी बुझाउने र माइतीलाई रित्भात् बुझ्ने दिनमा चेलीलाई आफ्नो अंश, पेवापात, दाइजोको साथमा हासिया, डवका र कुटो पनि दिने । वाङदे, खोन्सोरोङ वा डाङमाः मुइ डाङ, रा डाङ जसता लिनुदिनु नहुने । तर तोकिएको रित्भात्ले आङी आस्याङ, आखे माम, ह्रो फे, कुथाप, मैयुङ आदि सबैलाई पुर्‍याउने ।

५.३) तामाङ परम्परा अनुसार चारदाम र रीत्भात् बुझे, बुझाए तथा वागदान गरेपछि विवाह सम्पन्न हुने हुादा बेहुलीलाई सिन्दूर पोते नगर्ने नगराउने ।

६) ताम्वा काअीतेन र हृवाअी मार्फत् विवाह सम्पन्न गर्ने गराउने । हिन्दू संस्कृतिमा जस्तो विवाहमा गोडा धुवाउने, कन्यादान गर्ने, गाईदान गर्ने, छोरीको नाममा नुन वार्ने, कपाल खौरने आदि चलन नगर्ने ।

७) मामाले भान्जालाई फेटा र भान्जीलाई गा-बर्को) दिने ।
८) विवाहको दिन ढोकामा राखेर बेहुलाले कुखुराको भाले नकाट्ने ।
९) अभिभावकको अनुमति विना केटा

(नोट: लेखकको बारेमा पूर्ण जानकारी पाइएन,क्षमा पार्थि छौ, तामाङ जातीको जानकारीमुलुक लेख र बिचारहरु खोजि खोजि सम्पूर्ण तामाङ समुदाय माझ पुराउने उद्धेश्य का साथ यो लेख पोस्ट गरिएको हो |  कुनै पुस्तकबाट  वा यो लेखको लेखकको बारेमा जानकारी भएमा  [email protected] मेसेज गर्नुहोला | थुजेछे )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution