हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जनै पूर्णिमा: किरातीको ढवाङकुमो चाड

उपत्यकामा बसोबास गरिरहेका ओखलढुंगा र खोटाङका वाम्बुले राईहरूले दुई दशकदेखि सामूहिक रूपमा यो चाड मनाउँदै आएका छन् । ढवाङकुमोकै अवसरमा किरात वाम्बुले राई समाजले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा एउटा समारोह गर्‍यो ।


‘बाहुनछेत्रीले जनैपूर्णिमा, नेवारले क्वाँटी पूर्णिमा, किरातीले ढवाङकुमो पूर्णिमा भनेर मनाउँदा रहेछौं,’ उपकलुपति घिमिरेले भने, ‘आज एकै दिन तीनै थरीले तीन वटा हिसाबले चाड मनाउनुमा नेपालको सांस्कृतिक सौन्दर्य लुकेको छ ।’

कलाकारहरू बडाजित, विष्णु माइला, जीवन, भुवन, मोतीलाल, दिलकला, जीवनकुमारी, अरुणा र अम्बिका राईले मादल, बाँसुरी बजाएर राम्दले भाकाको गीत वाम्बुले भाषामै प्रस्तुत गरे । मौलिक पहिरनले आकर्षण दिइरहेको थियो । पुरुषले दौरा सुरुवाल र शिरमा वाम्बुले ढाका टोपी, महिलाले गुन्युचोली र सुनौला गरगहना झपक्कै पहिरिएका थिए ।

संस्थाका अध्यक्ष गजुरधन राईका अनुसार, ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम थलो मानिन्छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पूजा गरिन्छ । त्यहाँ मुन्धुम विधिअनुसार ढवाङकुमो मनाइन्छ । त्यसका अलावा खोटाङ, उदयपुरको कटारी, सुनसरीको धरान र बेलायतमा समेत ढवाङकुमो चाड धुमधामसाथ मनाउने गरेको कान्तिपुरमा छ|


समारोहमा ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनबहादुर याक्खालाई विशेष सम्मान गरियो । मूर्तिकारहरू शिव न्यौपाने, नीराजन मानन्धर, इन्दिरा श्रेष्ठ, नरेश थुलुङ, रञ्जित थापामगर र गणेशबाबु पनि सम्मानित भए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution