श्रष्टाले सम्झिए गोपाल योञ्जनलाई, कालेबुङमा सालिक बनाउने घोषणा

नेपाली साङ्गीतिक आकासका त्रिवेणी स्व. गोपाल योञ्जनलाई दार्जिलिङका कलाकारहरुले सम्झेका छन्।
आइतवार एक साङ्गीतिक कार्यक्रम आयोजन कालेबुङ कलाकार सङ्गठनले स्व. योञ्जनलाई सम्झेको हो।
कालेबुङ कलाकार सङ्गठनले वरिष्ठ सङ्गीतकार तथा गायक योञ्जनको ७६औं जन्मजयन्ती कालेबुङस्थित टाउन हलमा विशेष कार्यक्रम आयोजना गरी मनाएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो।
सो अवसरमा सङ्गठनका मूलसचिव नरेन्द्र तामाङले गोपाल योञ्जनको सालिक चाँडै निर्माण गरिने घोषणा गरे। तामाङका अनुसार यसका लागि सङ्गठनले पहल सुरु गरिसकेको छ।
कार्यक्रममा स्व. योञ्जनको जीवनीलाई लिएर बनाइएको वृत्तचित्र पनि देखाइएको थियो।
कार्यक्रममा गायक गायिकाहरूले स्व. गोपाल रचित गीतहरू प्रस्तुत गरेका थिए भने प्रख्यात हास्य कलाकार महेन्द्र बाग्दासले आफ्नो प्रस्तुति दिए को नेपालखबरमा छ |
यसै अवसरमा नेपालबाट छिन्नलता पुरस्कार प्रापक वरिष्ठ सङ्गीतकार वसन्त छेत्री र गायिका शान्ति ठटाल तथा राइजिङ स्टार विजेता दीपेश राईलाई कालेबुङ कलाकार सङ्गठनद्वारा सम्मानित गरिएको थियो।
१० भदौ २०७५, आइतबार