हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मलाई महाभियोग लगाए सबै जना गरिब हुने छन् – डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार टाट पल्टने अनि सबै जना गरिब हुनसक्ने बताएका छन्।


राष्ट्रपतिले यसरी आफूलाई महाअभियोग लाग्ने सम्भावनाबारे यसअघि विरलै बोलेका थिए।ट्रम्पले भने- जसले महान् कार्य गर्छ उसलाई कसैले महाअभियोग लगाउन सक्दैन।

मङ्गलवार राष्ट्रपतिका पूर्ववकिल माइकल कोअनले ट्रम्पको आदेशमा उनले अमेरिकाको चुनावी कानुन उल्लङ्घन गरेको एउटा अदालतलाई बताएका थिए।
सम्वाददाताहरूका अनुसार ट्रम्पका विपक्षीहरूले नोभेम्बरको मध्यावधि चुनावअघि उनीमाथि महाअभियोग लगाउने प्रयास गर्ने सम्भावना छैन।कोअनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पसँग सम्बन्ध रहेका भनिएका दुई महिलालाई मौन रहन रकम दिएको बताएका थिए। ती दुई महिला पोर्न चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्स र प्लेबोइकी पूर्वमोडल क्यारन मक्डुगल दुवैले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दावी गर्छन्।

कोअनले चुनावमा प्रभाव नपरोस् भन्ने मुख्य उद्देश्यका लागि ट्रम्पको निर्देशनमा रकम दिएको बताए।तर ट्रम्पले दुई जनालाई दिइएको रकमले चुनावी अभियानको कानुन उल्लङ्घन नगरेको बताएका छन्।

उनका अनुसार उक्त रकमको भुक्तानी चुनावी अभियान कोषबाट नभएर व्यक्तिगत रूपमा गरिएको थियो। तर त्यस्तो भुक्तानीबारे उनलाई पछि मात्रै थाहा भएको उनले बताए।

राष्ट्रपतिले कोअनले कम सजाय पाउनका लागि मिथ्या कुरा गरेको आरोप लगाएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution