हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

कञ्चनपुरको सिडिओ र एसपी हटाइए, छानविन समिति गठन

काठमाडौँ — किशोरीको बलात्कारपछि हत्या घटनालाई लिएर तनाव बढ्दै गएपछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । यस्तै डीएसपी ज्ञानबहादुर सेठीलाई पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।


गृह स्रोत अनुसारप्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपीदिल्लीराज विष्टलाई सरुवा गरिएको हो।सिडिओ खड्काको ठाउँमा तारानाथ अधिकारी, एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ।

साथै घटनाबारे छानविन गर्नका लागि गृह मन्त्रालयले बिहीबार छानविन समिति गठन गरेको छ। सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो। समितिमा प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश ७ को प्रतिनिधिसमेत रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सुदुरपिश्चमका सांसदहरुले उक्त घटनालाई गम्भीर रुपमा लिन र आवश्यक कदम चाल्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए।

तीन दिनअघि प्रहरीले मानसिक सन्तुलन ठिक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको समाचार कान्तिपुरमा  छ।

दैनिक प्रदर्शन भइरहेको छ भने बजार तथा सवारी बन्द छ। बिहीबार प्रहरीले चलाएको गोली लागी चार जना घाइते भएका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution