फेसवुक मार्फत प्रेम : ३५ औं दिनमा प्रेमिकाको सामु आफ्नै पेटमा छुरी हानी आत्महत्या !
काठमाडौं– प्रेमिल दुनियाँमा एउटा चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ ।’ ‘प्रेम अन्धो हुन्छ’ भन्ने काहवत ओठे बोलीमा मात्र हैन, यदाकता व्यवहारमै प्रतित हुने गरेका छन् । बुधबार ललितपुरमा त्यस्तो घट्ना घटेको छ, जुन घट्ना सम्झदा जो–कसैको आङ जिरिङ्ग हुन्छ ।
काभ्रेको बनेपा बस्दै आएकी अनु श्रेष्ठ र ललितपुरका राजेन्द्र नकर्मीको चिनजान भएको ३५ दिन पुरा हुँदै थियो । फेसवुकमा भेट भएका राजेन्द्र र अनुले छोटो समयमै मुटु साटासाट गरिसकेका थिए । तर, अचानक मनमा आएको आवेगका कारण अनुले राजेन्द्रकै अगाडि आफ्नो पेट र हातमा छुरी प्रहार गरेर आत्माहत्या गरेकी छिन् ।
गत बुधवार करिब १ बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित नकर्मीको डेरामा पुगेकी थिइन् अनु । प्रेमीसँग सामान्य मनमुटाव हुँदा आफैंमाथि छुरा प्रहार गर्दा रगतको भल बग्न थालेपछि राजेन्द्रले उनलाई किष्ट मेडिकल कलेजमा पुर्याएका थिए । तर, डाक्टरले उनलाई साँझ ४ बजे मृत घोषित गरेका थिए ।
अनु र राजेन्द्र दुवैको विवाह भैसकेको थियो । अनुको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा दुवईमा छन् । घरमा श्रीमती भएको हुनाले बाहिर भेटघाट गर्ने गरेका राजेन्द्रले भदौ १ गतेबाट अनुको नम्बर ब्ल्याक लिस्टमा राखेको थिए ।
बुधबार प्रेमिको कोठामा पुगेकी अनुले ‘मेरो नम्बर किन ब्ल्याक लिस्टमा राखेको ?’ भन्दै उनले निहुँ खोजेर पहिलो हात काटेको र पछि आफैंले पेटमा चक्कु हानेको बताइएको छ ।
‘आवश्यक अनुसन्धानका लागी राजेन्द्रलाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर सातदोवाटोका प्रमुख (डिएसपी) विनोद सिलवालले भने, ‘घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।’ अनुको शवलाई पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको रातोपाटीमा छ ।