हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

बलात्कारपछि बालिका हत्या:कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

कञ्चनपुर : बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको थियो । यो झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका थिए। घाइतेहरुममध्ये भीभीमदत्त नगरापालिका–१८ बस्ने १७ वर्षीय अर्जुन भण्डारीको अवस्था चिन्ताजनक छ । उनको दायाँ खुट्टामा लागेको छ ।

भण्डारीको प्राथमिक उपचार स्थानीय अस्पतालमा भए पनि अवस्था चिन्ताजन भएपछि सुविधायुक्त अस्पतालका लागि रेफर गरिएको छ । प्रहरीले हानेको गोली लागेर ४२ वर्षीय तेज भट्ट, २० वर्षीय तीर्थ पनेरु, मनोज बुढा, सरोज खड्का र कैलालीको हसुलिया बस्ने सन्तोष कडारिया घाइते भएका थिए । उनीहरु सबैलाई प्रहरीले हानेको गोली लागेका छ । तर प्रहरीले प्रयोग गरेको गोली रबरको हो या अर्को भन्ने पुष्टि भइसकेको छ।

यस घटनाबारेमा जिल्लास्थित प्रहरी अधिकृतहरुले पनि बोल्न मानेका छैनन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले गोली चले पनि त्यसको एकिन विवरण आइनसकेको अन्नपुर्णपोस्टमा समाचार छ |

प्रदर्शनकारीको झडपका क्रममा प्रहरी हवलदार हर्कबहादुर पाल र प्रहरी जवान महेश भट्ट पनि घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार प्रशासन कार्यालय नजिकै प्रदर्शनकारीले निरन्तर ढुंगामुडा गरेका थिए । प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रुग्यास हानिरहेको थियो ।

तर प्रहरीतर्फ अश्रुग्यासका सेल सकिएपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन गोली चलाउनुपरेको प्रहरी अधिकृतहरुको भनाइ छ । गोलीबाट प्रदर्शनकारी घाइते भएपछि अझै अवस्था भड्किने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution