हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

याम्बुरि तेश्रो तामाङ ज्ञान महोत्सव (फोटो फिचर)

काठमाडौं : आँगनभरि लुङ्दर फहराइएको छ। कतै टुंना, कतै डम्फू, कतै ढ्यांग्रो सजाइएको छ। सेतो वस्त्र लगाएर हातमा डम्फू बोकी परिसरको ढोकामै उभिरहेको स्ट्याच्यु। तामाङ तागी र बख्खु लगाएका तामाङ युवायुवतीको भीड। तामाङसम्बन्धी पुस्तक र पेन्टिङ झुन्डिरहेको रमाइलो दृश्य। नेपथ्यमा गुञ्जिरहेको टुंनाको धुन। डम्फूको मधुरो ताल। यो रमाइलो वातावरण राजधानीमा जारी दुईदिने तामाङ ज्ञान महोत्सवको हो।

विगत तीन वर्षदेखि वार्षिक रूपमा आयोजना गर्दै आएको ज्ञान महोत्सव यसपटक भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरिएको हो। महोत्सवको उद्घाटन ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले गरिन्। बिहीबार पनि सञ्चालन हुने महोत्सवलाई नेपाल तामाङ घेदुङ, तामाङ डाजाङ, तामाङ पत्रकार संघ, ताम्बा संघ नेपाललगायतले आयोजना गरेका हुन्।

आयोजक समितिका संयोजक डा.गणेश योञ्जनले महोत्सवमा २८ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए को अन्नपुर्ण पोस्टमा छ |प्रस्तुत पत्रहरू तामाङ भाषा, संस्कृति, साहित्य, इतिहास, राजनीति, विकास र सांस्कृतिक सम्पदासँग सम्बन्धित हुनेछन्।

उदघाट्न समारोहमा साहित्यकार बैरागी काइँला, मानवशास्त्री डा.मुक्तसिंह लामा, साहित्यकार आहुति, लेखक युग पाठक, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामालगायतको उपस्थिति थियो।

फोटोहरु फेसबुकबाट सन्कलन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution