हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

‘सधैं अफिस आउनुअघि पत्नीको गोडा मिच्नुपर्छ’

भदौ ६, २०७५ काठमाडौं – भारतको उत्तर प्रदेशमा रहेको चित्रकूट वाणिज्य कर कार्यालयमा काम गर्ने टाइपिस्ट अशोक कुमार सधैं कार्यालय ढिलो आउने गर्छन् । यसरी लगातार ढिलाइ गर्न थालेपछि भदौ २ गते असिस्टेन्ट कमिस्नर एमएस वर्माले उनीसँग स्पष्टीकरण मागे ।

अनि स्पष्टीकरण नदिएमा कारवाही गरिने पनि चेतावनी दिइएको थियो । त्यसपछि अशोकले एक पत्र लेखे जसको बेहोरा अहिले खुबै चर्चामा छ ।

उनले स्पष्टीकरणमा लेखे, ‘साहब, कार्यालय आउनुअघि मैले दिनदिनै पत्नीको गोडा मिच्नुपर्छ । सबैका लागि खाना मैले नै बनाउनुपर्छ । सबैको कपडा पनि मै धुन्छु । बच्चाहरूलाई तयार पारेर विद्यालय म नै पठाउँछु ।’

उनले थप लेखे, ‘पत्नी बिरामी छिन् । तीन छोराछोरी छन् । तीनैका लागि खाजा तयार पारेर विद्यालय पठाउनुपर्छ । पत्नीलाई नुहाइवरी गोडा मिच्ने गरेको छु । खाना पकाएर खुवाउनुपर्छ । रोटी राम्ररी बनाउन जान्दिनँ । कहिले दाल,कहिले खिचडी खाएर पेट भर्छु । सडक पनि खराब छ, जहिल्यै जाम हुन्छ । तर अबदेखि ढिलो गर्दिनँ ।’
अशोकको स्पष्टीकरण सुनेर असिस्टेन्ट कमिस्नर पनि छक्क परे । उनले अबदेखि ढिलाइ नगर्नू भनी अशोकलाई चेतावनी दिइएको बताए ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution