अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले दशैमा वनभोजको आयोजन गर्ने

तेलअविव -अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादसैंको सु-अवसरमा १९ अक्टोबर २०१८ (शुक्रबार)का दिन यार्कोन पार्कमा पिक्निकको साथमा सांस्कृतिक कार्यक्रम ‘दोहोरी घम्सा घम्सी’ कार्यक्रमको आयोजना गर्ने भएको छ |
एक आपसमा शुभकामना आदन प्रदान गर्नुका साथै BBQ को व्यवस्था समेत रहेको र दोहोरी गीतमा भाग लिन चाहनु हुनेहरुलाई सम्पर्क गर्न सक्ने मन्चका महासचिव युनिका गुरुङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
इजरायलवासी दाजुभाइ तथा दिदिबहिनीहरुमा पिकनिकमा सहभागी हुन सबैलाई चुलो निम्तो सहित हार्दिक निमन्त्रणा गरेको छ |