हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा, सीडीओ नै मान्दैनन् !

भदौ ५, २०७५ जनकपुरधाम – २ नम्बर प्रदेशमा प्रदेश सरकारले बुधवार मुस्लिम समुदायको पर्व बकर ईदको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारले यसअघि नै २०७५ सालमा प्रकाशित गरेको राजपत्रमा ईदको बिदा दिने निर्णय गरिएको थिएन । २ नम्बर प्रदेशमा दिइने थप बिदा र उत्सवबारे राजपत्रमा प्रकाशित हुन छुटेकाले मन्त्रीपरिषद्को बैठकमा ल्याएर सार्वजनिक बिदाको प्रस्ताव पारित भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

मुस्लिमको अति नै महत्त्वपूर्ण पर्व भएकाले बुधवार बिदा दिने निर्णय गरिएको उनले बताए । २०७४ चैत २८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदामा त्रुटिवश छुट्न गएकाले अहिले आएर बिदा दिइएको उनले बताए ।

प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि कतिपय सरकारी कार्यालयमा बिदा दिने गरिएको छैन । संघीय सरकार मातहतका कार्यालय र इकाइको रूपमा रहेको बैंक तथा वित्तीय संस्था, न्यायालय क्षेत्रका जिल्ला अदालत र उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, संघीय प्रहरी इकाइ कार्यालयमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालनमा रहने गरिएको छ ।

‘संघीय सरकारले ती कार्यालयलाई सार्वजनिक बिदा दिन परिपत्र जारी नगर्ने, कतिपय कर्मचारीका कारण समेत बिदा कार्यान्वयन हुन सकेको छैन,’ आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले भने, ‘अहिले पनि संघीय सरकार र कर्मचारीतन्त्रमा संघीयता विफल बनाउने मानसिकता देखिन्छ, जो एकदमै खतरनाक संकेत पनि हो ।’

विगतमा प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक बिदामा केही कार्यालयले बिदा नदिएकाले मन्त्रीपरिषद् बैठकमा गम्भीर चासो दिइएको छ । प्रदेश राजपत्रमा प्रकाशित भएको स्वीकृत बिदालाई कार्यान्वयन गर्न ती कार्यालयमा पत्राचार नै गरिएको मन्त्री यादबले बताए ।

विगतमा अदालत र जिल्ला प्रशासन कार्यालय प्रदेश सरकारले स्वीकृत गरेको सार्वजनिक बिदालाई नमानेपनि यस पटक ती दुवै क्षेत्रमा बिदा हुने प्रबल सम्भावना रहेको उनले बताए ।  तर, बैंक तथा वित्तीय संस्थामा बिदा कार्यान्वयन हुनेमा अझै पनि शंका रहेको उनले बताए ।

संघीय सरकारका गृह मन्त्रालयलाई पनि प्रदेश सरकारको सार्वजनिक बिदा कार्यान्वयनका लागि परिपत्र गरिदिन पटक–पटक पत्राचार गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको उनको आरोप छ । संघीयता कार्यान्वयन नै नहुने हो भने प्रदेश सरकार र संघीय सरकारबीच टसल रही नै रहने उनले बताए । आगामी असोज १ गतेसम्म सबै समस्या अन्त्य हुने संघीय सरकारले प्रतिबद्धता समेत जनाएको उनले बताए ।

प्रदेश राजपत्रमा २०७५ सालमा १० दिन सार्वजनिक बिदा दिइएको छ । बैशाख ११ गते जगतजननी जानकी माताको जन्म जयन्ती विशेष पर्वको रूपमा मनाइने भएकाले सार्वजनिक बिदा दिइएको थियो ।

भदौ १० गते हिन्दूको विशेष पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका दिन १ दिन, छठ पर्वको अवसरमा कात्तिक २७ र २८ गते गरी २ दिन, रामजानकी विवाह पञ्चमीका लागि मंसिर २६ गते १ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

२०६३ माघ ५ गते तराई मधेशका जनसरोकारका विषयलाई लिएर मधेशमा आन्दोलन हुँदा माघ ५ गते रमेश महतो प्रथम शहीदका रूपमा शहादत पाएको दिनलाई मधेश आन्दोलन स्मृति दिवसको रूपमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

प्रकाशित राजपत्रमा तराईमा धूमधामका साथ खुशीयाली पर्वका रूपमा मनाइने फागू पूर्णिमाका अवसरमा चैत ७ र ८ गते २ दिन सार्वजनिक बिदा दिइएको छ । हिन्दूको विशेष पर्व रामनवमीका अवसरमा चैत ३० गते १ दिन र मुस्लिम धर्मावलम्बीको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा १ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

विभिन्न धर्मावलम्बी धर्मगुरु, नागरिक समाज, बुद्धिजीवि, पत्रकार लगायत सरोकार राख्ने पक्षसँग अन्तक्र्रिया गरेर नै प्रदेश सरकारमा बिदाबारे निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले बताए ।

प्रदेशमा काम धेरै नै गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर कतिपय महत्त्वपूर्ण बिदा समेत कटौती गरिएको उनले बताए । तर, आवश्यकता अनुसार कतिपय बिदा थपघट गरी संशोधन समेत हुन सक्ने लोकान्तरमा समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution