हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

पेप्सीले इजरायली सोडा कम्पनी खरिद गर्ने

पेप्सीकोले इजरायली सोडा कम्पनी सोडास्ट्रिम खरिद गर्ने घोषणा गरेको छ। उसले ३ अर्ब २० करोड डलरमा सो कम्पनी खरिद गर्न लागेको हो। सोडास्ट्रिमले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नै घरमा कार्बोनेटेड ड्रिंन्क बनाएर खानसक्ने गरी मेसिन तथा पुनः प्रयोग गर्न सकिने उत्पादनहरु बिक्री गर्दै आएको छ।

पछिल्लो समय पेप्सीको व्यापारमा केही गिरावट आइरहेको अवस्थामा अहिले ल्याइएको योजनाले केही समयोग पुग्नसक्ने बताइएको छ। पेप्सीकोका लागि भने यो सम्झौता नयाँ कार्यकारी प्रमुख आएयताको सबैभन्दा ठुलो सम्झौता भएको बताइएको छ। पेप्सीकोले सोडास्ट्रिमका सबै सेयरहरु प्रतिसेयर एक सय ४४ डलरबराबरको रकमले खरिद गर्ने भएको हो। यो नतिजा गत शुक्रबारको सेयरको मूल्यभन्दा ११ प्रतिशतले धेरै हो।

यो सम्झौता सन् २०१९ को जनवरी महिनासम्ममा पूरा हुने कम्पनीका अधिकारीहरुले बताएका छन्। सोडास्ट्रिम कम्पनी सन् १९०३ मा स्थापना भएको कम्पनी हो। कम्पनीले सन् १९८५ मा आफ्नो महत्वपूर्ण परिवर्तन गरेको थियो। सन् १९९८ मा यो कम्पनीलाई इजरायली कम्पनी सोडा क्लबले खरिद गरेको थियो।

साथै सन् २००३ मा उसले बेलायती उत्पादनको क्षेत्रमा काम गरिरहेको प्लान्ट पिटरबोरघलाई पनि खरिद गरेको थियो तर सो कम्पनी सन् २००३ मा बन्द भएको थियो। एजेन्सी।

५ भदौ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution