तामाङ जाती , भाषा र धर्म तथा संस्कार
को हुन् तामाङ ?
तामाङ जाति नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये एक हो । यस जाति आफ्नै साझा भूगोल भएको जाति हो । तामाङहरूको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ ।
तामाङ जाति नेपालका प्राचीन जातिहरूमध्ये एक हो । यो जातिले काठमाडौं उपत्यकालाई आफ्नो प्राचीन मूलथलोको रूपमा मान्दछ । नेपाल सरकारले सूचिकृत गरेको विभिन्न ५९ आदिवासी जनजातिहरूमध्ये तामाङ एक हो । यस जातिको आफ्नै भूगोल, धर्म, इतिहास, भाषा, भेषभूषा, रहनसहन, सामाजिक संरचना, संस्कार एवं सांस्कृतिक मान्यता रहेका छन् । यस जातिको मुख्य बसोबास क्षेत्र काठमाडौं उपत्यका र यसको आसपासका जिल्लाहरू चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली हो । यसका साथै मुलुकका विभिन्न क्षेत्रमा तामाङहरूको बसोबास रहेको छ ।तामाङहरू नेपालबाहे भारतको सिक्किम, दार्जिलिङ, आसाम, नागालैन्डका साथै भुटान र बर्मालगायतका मुलुकमा बसोबास गर्दछन् ।
जनसङ्ख्या
वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा तामाङहरूकोे जनसङ्ख्या १५, ३९,८३० रहेको देखाएको छ । तर, तामाङहरूले आफ्नो जातिको जनसङ्ख्या २० लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । २०६८ सालको जनगणनाअनुसार यस जाति पाँचौ स्थानमा पर्दछ । तामाङहरुको जनसङ्या नेपालबाहेक भारतको सिक्किम, पश्चिम बंगाल तथा पूर्वोत्तर राज्यहरूमा मात्र १५ लाख, आसममा ६ लाखभन्दा बढी रहेको छ । सिक्किममा मात्र ५० हजार तामाङ रहेका छन् ।
तामाङहरूको बसोबास हिमालदेखि मधेशसम्म रहेको पाइन्छ । तामाङ बसोबास क्षेत्रभित्र विभिन्न आदिवासी जनजातिहरूको समेत बसोबास रहँदै आएको पाइन्छ । विशेषगरी जिरेल, सुनुवार, हायु, दनुवार, वनकरिया, गुरुङ, कुमाल, बोटे, ह्योल्मो, शेर्पा, सुरेल, थामी, माझी, चेपाङ, नेवार, पहरी, मगरका साथै बाहुन, क्षेत्री, दलितलगायतका समुदायको बाक्लो बसोबास रहँदै आएको छ ।
भाषा
तामाङ जातिलाई चिनाउने सशक्त माध्यम भाषा नै हो । नेपालको विभिन्न जीवित भाषाहरूमध्ये तामाङ भाषा अन्य भाषाको तुलनामा निकै अगाडि छ । तामाङ भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ ।
भोट–बर्मेली भाषा बोल्नेहरूमा तामाङ भाषी अग्रस्थानमा रहेको छ । २०६८ को जनगणनाअनुसार ९० प्रतिशतभन्दा बढी तामाङहरूले आफ्नो मातृभाषा बोल्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
राज्यको एक भाषा र एक संस्कृतिको नीतिका कारण खस–नेपाली भाषाबाहेक अन्य कुनै पनि भाषाको विकास हुने अवस्था थिएन । जसले गर्दा नेपालका अन्य भाषाहरूजस्तै तामाङ भाषाको पनि विकास हुन सकेन । तर, २०४६ सालको परिवर्तनपछि विभिन्न भाषाहरूले राज्यबाट मान्यता पायो । त्यही परिवर्तनको फलस्वरूप नेपाल अधिराज्यको संविधान २०४७ ले तामाङ भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता प्रदान ग¥यो । नेपालको अन्तरिम संविधान २०६३ ले पनि खस–नेपाली भाषालगायतका नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषाको मान्यता प्रदान गरेको छ ।
धर्म तथा संस्कार
तामाङ जाति बौद्ध धर्म मान्दछन् । तामाङहरूले आफ्नो विभिन्न चाडपर्वमा बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआज गर्दछन् । तामाङहरू बौद्ध धर्मको महायानी सम्प्रदायभित्र पर्दछन् । उनीहरूकोे विभिन्न महत्वपूर्ण धार्मिक चाडपर्वहरूमध्ये बुद्धजयन्ती, सांस्कृतिक एवं धार्मिक पर्व अर्थात् नयाँवर्ष ल्होछारलगायत पर्दछन् । तामाङ समाजमा प्रत्येक वर्षलाई एउटा एउटा जीवले प्रतिनिधित्व गरेको हुन्छ । ल्हो परम्पराको आधारमा उमेरको गणना गर्ने र आफ्नो बालबच्चाको ल्हो राख्ने परम्परा रहँदै आएको छ ।
तामाङ समाजमा न्वारान अर्थात् बच्चाको नाउँ राख्ने, नाक, कान छेंड्ने, भात खुवाइ, छेवार, गुन्युचोलो दिने, विवाह र घेवा अर्थात् मृत्युपछिको अन्तिम संस्कारजस्ता संस्कार रहेका छन् । बालबच्चाको नाम राख्ने काम लामाले गर्दछ भने खाना खुवाउने काम घरमुलीबाट गर्ने गरिन्छ । तामाङ समाजमा छोराको छेवार अर्थात् कपाल काट्ने काम मामाले गर्ने परम्परा छ । त्यस्तै, यस समुदायको अर्को महत्वपूर्ण संस्कारको रूपमा गुन्युचोलो रहेको छ । यो कर्म आमाबुबाबाट सम्पन्न हुने गर्दछ । त्यसैगरी विवाहमा मूलतः ताम्बाको भूमिका महत्वपूर्ण हुन्छ । घेवा लामाबाट हुने गर्दछ । तामाङ समाजमा कुनै पनि सामाजिक कार्य सम्पन्न गर्न ताम्बा, बोन्बो र लामाको आवश्यकता पर्दछ । बालबच्चाको नाम राख्नेदेखि लिएर मृत्यु संस्कारमा लामाको महत्वपूर्ण भूमिका रहन्छ । – इन्डिजिनियस भ्वाईस ग्यामसे |
***
तामाङ जातीको इतिहास तामाङ इतिहासःरचना गरिएका इतिहासहरूले तामाङ जातिलाइ यहीकाल खण्डमा, यही देश र प्रदेशबाट वतमान तामाङहरूको आदिम थलो रहेको भुभागहरूसम्म आएको किटानि गरेर कसैले भन्न सकेको वा प्रमाणीत गन सकेको छैन । तामाङहरू आफुलाइ नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गव गदछन् । यस्तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाइ नेपालदकाएक अादिम पुरानो जाति तामाङको इतिहासलाइ नेपालका शासकहरूले उल्लेख तथा महत्व दिएको पाइदैन । तामाङ जाति, तामाङ राज्य वा अधिराज्य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्छवि काल, उत्तर लिच्छवि काल, मध्य तथा आधुनिक नेपालको इतिहासमा उल्लेख गरेको छैन । नेपालका शासक जातिहरूका तामाङहरूलाइ राजनितिक, आथिक, सामाजिक, सांस्कृतिक, धामिक, शैक्षीक, भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस, शोषण दमन र उत्पीडन गरी आएका छन् जो वर्तमानसम्म निरन्तर चलिरहेकै छ । सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीहरूले लेखेको रचना तथा सामन्ती राज्यसत्ताका इतिहासमा तामाङ जातिलाइ ठग्नु ठगेको छ ।
तामाङ जातिलाइ मात्र होइन सिङ्गो मुलुकको आदिवासि जनजाति तथा नेपाली अहंकारवादलाइ बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् । त्यो सत्ताधारी र सेन तथा विष्ट राजालाइ, गोखामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुवमा राइ र लिम्बुका राजालाइ हराएको इतीहास लेखेको छ । तर ती जातिहरूकोभन्दा बढि जनसंख्या भएको, काठमाडौ उपत्यकाको तत्कालिन मल्ल रज्य याम्बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्तपुर) को वरिपरि कैयैं किपट र कविलाहरूमारहेमा स्वतन्त्र उदय हुनुपूर्ब नै वाइबा, रूम्बा, बल, ग्हीसीङ आदि थरका तामाङ राजाहरू र राज्य अस्तित्वमा थिए । तामाङ राज्य र राजाहरूको बारेमा तामाङहरू मैखीक रूपमा अभै भनिरहेका छन् यो यो ठाउंमा फलानो राजा थियो । ती राजाकादरवारका अस्तित्वहरू र भग्नावशेषहरू विभिन्न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्छ । ताम्बा अथात मैखिक इतिहास परम्पराबाट पछिल्लोचरण्ामा तामाङ लिपिमा लामा बैद्ध धम लिपिबद्ध तामयीग लिपिमा भएकादोङराप, पराप, केराप अादि वंशावलिहरू, उत्पत्तिका नाम्थरहरू, हाम्रा, जीक्तेन तामछ्योअी, रूअीछेन च्योप्गे, कुक्पाखा छ्याअी, तामाङ च्युनीला ठङुसा थेन वब्सा अादि हस्त लिखित पुस्तकहरू पाइएको छ । तापनि तामाङ जातिको बारेमा लेखेको भन्दा कयैं गुण्ा बढि सूचनाहरू मैिख क परम्परामै संरक्षित रहेको पाइन्छ । यही परम्पराकोमाध्यमबाट तामाङहरूले एक पुस्ताबाट अको पुस्ता सादै अाजसम्म जे जस्तो अवस्थामा भएपनि तामाङकोइतिहासलाइ बचाएर ल्याएका छन् । मैजुदा मैिखक र भग्नावशेषको रूपमा पाइएका प्रमाण् तथा तथ्यहरूको वैज्ञानिक अनुसन्धान, अध्ययन, उत्खनन, िवश्लेष्ाण्, लेखन जस्ता कायहरू अाथिक एवं प्रावधिक रूपले पनि वतमान द्रिरद्रावस्थाका तामाङ समाजको क्षमता र वशंमा तामाङ समाजको क्षमता र वशंमा छैन भने हिन्दु सामन्ती राज्यसत्तालाइ त्यसको कुनै चासो र मतलब छैन । जसलेगदा अाज तामाङ जातिको सामाजिक इतिहासका हाम्रा महत्वपुण् भैतिक सम्पदा , निधिहरू तथा मैखिक सम्पदाहरूदिनानुदिन, अाजभन्दा भोलि भन्दा पसि हुदै अवशेषहरूको पनि अवशेषको रूपमासधै भग्नावशेष्मै रहन बाध्य छन् । तापनि अाज हाम्रो सामु विभिन्न देशका थुप्रै अन्वेष्कहरूङ समाजसशास्त्री, भाष्ाशास्त्री, मानवशास्त्री, प्रागैितिहासिकएवं पाष्ाण् पुरातत्व विज्ञहरूले अध्ययन, अनुसन्धान उत्खनन् गरेर पत्ता लगाएका तथ्यहर, शोधपत्रहरू विदेशी भाष्ाहरूमाबग्रल्ति रहेका छन् । अब ती विदेशी भाष्ाहरूमा भएका तामाङ जातिका वारेमा लेखिएका, रचिएका अभिलेखहरूसंगालेर या संग्रह गरेर अापनो भाष्ामा, पुनअध्ययन तथा विश्लेष्ाण्ा गरी भावि तामाङ सन्तानहरूलाइ पुखाको इतिहासपुनलेखन गरी नया इतिहासको सृजना गरेर भएपनि सन्तोष्ा लिनुपने छ । त्यो नया इतिहास लेख्ने दायित्व अाज तामाङजातिको संघ तथा नव सन्ततिहरूको थाप्लोमा अाइपरेको छ । तामाङ इतिहाससंग सम्बन्धित शब्द तथा अथयहा मुख्यतया तामाङहरूको इतिहासका मैखिक अवशेष्ाहरूलाइ अापुले सुने, देखेको र स्वदेश तथा विदेश अन्वेष्ाकहरूकोविभिन्न पत्र पत्रिकामा लेखादि तथा पुस्तकादिमा विभिन्न रूपमा प्राप्त सूचनाहरूको अाधारमा तामाङ जातिकोउत्पत्ति, उद्गगम् इतिहास र मैखिक रूपमा रहेको तामाङ अधिराज्य र राजाका इतिहासहरूलाइ समेटिएको छ । नेपालकाविभिन्न कालका तामाङहरूको सानातिना घटनात्रमहरूलाइ तथा रीमठीम, अाथीक लगायत अन्यपक्षहरूलाइ छाडेरयहा खासगरी उत्पत्तिबारे संक्षिप्तमा र तामाङ राजा र राज्यको मैखिक रूपमा संरक्षित रहेको सारहरूलाइसंगालेर प्रस्तुत गरीएको छ । तामाङ जातिका राज्य अनि राजाहरूको इतिहास खोज्न तथा बुभ्न पदा वारम्बारदोहोरिने र सुनिने तामाङ भाष्ाका शब्दहरू परिभाष्ा तथा तामाङ भाष्ामा खूल्ने अाउन खथ विस्तार प्रस्तुत गरिएकोछ । छ । रहेको
१_ तामाङ२_जोङ३_ग्रोङ रोङ तमु४_याम्बु काठमाडैं नेपाल५_ग्ले ग्लेसा ग्याब्लो ग्याल्सा६_कानी र मुमी मुल्मी१_ तामाङनेपालको ६० भन्दा बढि अादिवासी जनजातिहरूमध्ये एक महत्वपण् अादिवासी जाति तामाङ हो । तामाङ भाष्ा बोल्नेहरूलाइ तामाङ भनेर चिनिन्छ । नेपालमा डम्पु, टुङना, मुचुङगा र सेलोभन्नाले तामाङ जातिलाइ बुभाउछ । अनि यो जातिको चिनारीको रूपमा अापनै घर बुना सुतीको स्यामालुगिं जस्तो परिया, ग्या, गाबरको, ग्या तोकरोक, उनी राडी, पाखी स्योल्दो सुकाअी लुकुनी, पेङ्का अल्लोको घरबुनालुगा अनि लोक्ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का चित्रकला, मकुण्डो खोप्ने मास्क, आदि मैलिक पेशाहरू रहेको छ । तामाङ शब्दको अथबारे विभिन्न व्यात्तिहरूले आ-आपनैमनगढन्ते कुराहरू आएको हुदा यहा तामाङ शब्दको अथ, प्रयोग, एेतिहासिकता र व्यापकता आदि वारे निम्न अनुसारचचा गरिएको छ । तमङ तामाङ शब्दको इतिहास र प्रयोगतामाङ शब्द मुख्यतया नेपालको राजधानि वरिपरि घेरिएर घना बस्ती भएको नेपालमा प्रथम अाबाद गने मंगोल मूलकोमानव जाति वा समुदायलाइ बुभाउन प्रयोग भइ अाएको छ । तामाङहरूले आपनो समाज वा समुदायमाभ आपनो परिचय तामाङ भनेरै चिनाएको पाइन्छ । त्यसो त, तामाङ शब्दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरैं । विदेशी विद्धान म्याक्डोल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो । त्यहाका राजा बुम देंगोन जसले सन् १२५३ मा देखि १२८० सम्म राज्य गरेको थिए ।
उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका से मोन शेरिब अधिराज्यका तामाङहरुलाई दबाउन मूत्तिनाथमा किल्ला बनाउन लगाएको बृतान्त उल्लेखित छ । सो वृतान्तले तामाङ शब्दलाइ जातिवाचतशब्दको रूपमा प्रयोग भएको तथ्यले तामाङ भन्नुमा गव गने तामाङहरूलाइ दबाउन मूतिनाथमा किल्ला बनाउन लगाएको वृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाइ जातिवाचत शब्दको रूपमा प्रयोग भएको तथ्या उजागर गरेका छन ।
– World Tamang Society बिबा फेसबुक ग्यामसे |