हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इतिहासमा भारतका भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीका दश निर्णय

भारतको नयाँ दिल्लीस्थित एउटा अस्पतालमा ९३ वर्षको उमेरमा १६ अगस्टमा निधन भएका भारतका भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी दशकौँसम्म देशको राजनीतिमा प्रभावशाली नेताका रूपमा रहेका थिए।


उनी हालको सत्ताधारी भारतीय जनता पार्टीका संस्थापकमध्येका एक नेता थिए। सो हिन्दू दक्षिणपन्थी पार्टीभित्र उनी नरम नेताका रूपमा चिनिन्थे।

वाजपेयी सन् १९९६ को १६ मे मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए, तर लोकसभामा बहुमत सावित गर्न नसकेपछि उनले ३१ मे मा नै राजीनामा दिनु परेको थियो।

सन् १९९८ को आमचुनावमा उनी नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि उनी दोस्रो पटक प्रधानमन्त्री चुनिएका थिए।सत्ता सम्हालेको १३ महिनामा नै गठबन्धनको एक सदस्य दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार फेरि ढल्न पुगेको थियो।

सन् १९९९ मा उनी फेरि गठबन्धन सरकारको नेतृत्व गर्दै तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए। उनलाई सर्वप्रिय कवि, कुशल वक्ता तथा समावेशी राजनीतिको पर्याय मानिन्थ्यो।

सन् १९२४ डिसेम्बरमा ग्वालियरको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका उनको शिक्षादिक्षा ग्वालियरको तत्कालीन भिक्टोरिया कलेज तथा कानपुरको डीएभी कलेजमा भएको थियो।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपश्चात् उनले पत्रकारिता पनि गरेका थिए।

एक प्रधानमन्त्रीको रूपमा उनको सबभन्दा ठूलो उपलब्धिमध्ये सन् १९९८ मा भारतले गरेको परमाणु बम परीक्षणलाई लिइन्छ।
त्यसपछि भारत एउटा परमाणु शक्तिसम्पन्न राष्ट्रका रूपमा स्थापित भयो।त्योसँगै छिमेकी पाकिस्तानसँगको सो देशको द्वन्द्व झन् चर्कन सक्ने आशङ्का पनि चुलिएको थियो।
तर आफ्नो नेतृत्वको सरकारले गरेको परमाणुअस्त्र परीक्षणलगत्तै वाजपेयीले पाकिस्तानसँगको सम्बन्ध बिग्रन नदिन विशेष प्रयास गरेका थिए।उनले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफसँग शिखरवार्ता गर्न बस चढेर पाकिस्तानको लाहोर सहरसम्मको यात्रा गरेका थिए।

उनले तिब्बतलाई चीनको अङ्गका रूपमा स्वीकार गर्दै बेइजिङसँग दिल्लीको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका थिए र भारतीय अर्थतन्त्रमा चिनियाँ लगानी बढाउने कदम चालेका थिए।

उनको कार्यकालमा भएका अन्य महत्त्वपूर्ण घटनामा कारगिल युद्ध, काठमाण्डूबाट दिल्लीको लागि उडेको इन्डिएन एयरलाइन्स विमानको अपहरण, सन् २००१ मा भारतीय संसद्‌मा भएको आतङ्कवादी आक्रमण तथा सन् २००२ मा गुजरातमा भएको हिन्दू-मुस्लिम दङ्गालाई लिइन्छ।

सन् २००४ को निर्वाचनमा बीजेपी र उसका साझेदारहरूको गठबन्धन सोनिया गान्धीको कङ्ग्रेस पार्टीबाट पराजित भएका थिए।

सन् २००५ मा बाजपेयीले आफ्नो ४० वर्षे राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका थिए।

इतिहासको ऐनामा वाजपेयीका दश निर्णय

भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी कार्यकाल पूरा गर्ने पहिलो गैरकांग्रेसी प्रधानमन्त्री हुन्। उनी पहिलोपटक १३ दिन, दोस्रोपल्ट १३ महिना र तेस्रो पटक पूरै कार्यकाल प्रधानमन्त्री रहे। गठबन्धन बनाएर स्थिर सरकारको नेतृत्व सम्हालेपछि उनले यस्ता केही ठूला निर्णय लिए जसले भारतीय राजनीतिलाई सधैंको निम्ति परिवर्तन गरिदियो।

उनले एकातिर दक्षिणपन्थी राजनीतिलाई भारतीय जनमानसमा यसरी स्वाभाविक तुल्याइदिए कि एक दशकपछि भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्‍यो। जुन कुरा कुनै बेला कल्पनासमेत गरिँदैन थियो।

उनले गरेका दश निर्णय जसको प्रभाव लामो समयसम्म भारतीय राजनीतिमा जीवित रहने छन्।

१. भारत जोड्ने योजना

सडक सञ्जालले भारतलाई जोड्ने योजना वाजपेयीको सबैभन्दा महत्त्वपूर्ण कदम ठानिन्छ।उनले चेन्नई, कोलकाता, दिल्ली र मुम्बईलाई जोड्ने स्वर्णिम चतुर्भुज सडक परियोजना लागु गरेका थिए।ग्रामीण क्षेत्रको निम्ति प्रधानमन्त्री ग्रामीण सडक योजना पनि उनकै कार्यकालको निर्णय हो। त्यसले आर्थिक विकासलाई गति दियो।

२. निजीकरणलाई प्रोत्साहन

उनले देशमा निजीकरणलाई यसरी तीव्र बनाए कि त्यहाँबाट फर्किनै सम्भव भएन। उनकै नेतृत्वमा विभिन्न सरकारी कम्पनी बेच्ने प्रक्रिया सुरू भएको हो।
सरकारी कम्पनीको एकाधिकार तोड्दै बीमा कम्पनीमा विदेशी लगानीको बाटो खुला गरेर २६ प्रतिशत लगानी गर्न सकिने बनाए। कतिपयले उक्त कदमको अहिले पनि निकै आलोचना गर्छन्।

३. संचार क्रान्तिको दोस्रो चरण

भारतमा संचार क्रान्तिका जनक भनेर राजीव गान्धी र उनले नियुक्त गरेका सैम पित्रोदालाई ठानिन्छ तर त्यसलाई आममानिसको पहुँचमा पुर्‍याउने काम वाजपेयी सरकारले गरेको थियो।

सन् १९९९ मा भारत संचार निगम लिमिटेडको एकाधिकार तोड्दै नयाँ टेलिकम नीति लागु गरिएको हो। त्यसपछि नै टेलिफोन सहज र सुलभ बनेको थियो।

४. शिक्षा अभियान

६ देखि १४ वर्षका बालबालिकालाई नि:शुल्क शिक्षा दिने अभियान वाजपेयीकै कार्यकालमा सुरू भएको हो। बीचमै पढाइ छाड्ने विद्यार्थीको सङ्ख्या कम हुनुको कारण त्यसैलाई मानिन्छ।

सन् २००० मा बीचमै पढाइ छाड्ने विद्यार्थी ४० प्रतिशत थिए भने सन् २००५ मा पुग्दा त्यो संख्या १० प्रतिशतको आसपास पुगेको थियो। उक्त अभियानलाई प्रोत्साहित गर्ने गीतको रचना वाजपेयीले गरेका थिए।

५. परमाणु परीक्षण

सन् १९७४ पछि पहिलो पटक सन् १९९८ मा भारतले पोखरणमा परमाणु परीक्षण गरेको थियो। भारत परमाणुसम्पन्न देश रहेको सन्देश दिन उक्त परीक्षण गरिए पनि त्यसको आवश्यकतालाई लिएर उनले आलोचनाको सामना गर्नुपर्‍यो।

उक्त परीक्षणपछि अमेरिका, ब्रिटेन, क्यानाडा र अन्य पश्चिमा देशहरूले आर्थिक नाकाबन्दी लगाएका थिए। वाजपेयीको कूटनीतिक कौशलले गर्दा सन् २००१ मा पुग्दासम्म धेरै देशले त्यो नाकाबन्दी हटाए।

६. लहोर-आगरा-कारगिल-कान्दहार

पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न वाजपेयीले आफ्नो दोस्रो सरकारका बेला सन् १९९९ मा दिल्ली-लहोर बस सेवा सुरू गरे। उनी कांग्रेसका कुनै प्रधानमन्त्री जाने हिम्मत नगरेको पाकिस्तानको मीनार-ए-पाकिस्तानको भ्रमणमा पनि गए। राष्ट्रिय स्वंयसेवक सङ्घले सधैँ पाकिस्तानको अस्तित्व अस्वीकार गरिरहेका बेला उनको उक्त कदमलाई पाकिस्तानको सम्प्रभुता स्वीकार गरेको सङ्केत थियो।

त्यो ठाउँ पाकिस्तान निर्माणको प्रस्ताव सन् १९४० मार्च २३ मा पारित गरिएको थियो। वाजपेयीबारे लेखिएको पुस्तकमा वरिष्ठ पत्रकार किंग्शुक नागले आफूसँग पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले ‘अब त वाजपेयीजीले पाकिस्तानमा चुनाव लड्नुभयो भने पनि जित्नुहुन्छ’ भनेको कुरा उल्लेख गरेका छन्।

तर लगत्तै कार्गिलमा दुवै देशका सैनिकबीच दुई महिनाभन्दा लामो समय लडाइँ भयो। त्यसलाई लिएर वाजपेयीको आलोचना भएको थियो।

त्यसपछि काठमाण्डूबाट दिल्लीको लागि उडेको भारतीय विमान अपहरण गरेर अफगानिस्तानको कान्दाहार पुर्‍याएको घटनाले पनि वाजपेयीलाई धक्का पुग्यो। जसमा पाकिस्तानस्थित चरमपन्थी संगठन हरकत-उल-मुजाहिद्दीनको हात थियो।

उक्त संगठनको मागअनुसार भारतीय जेलमा रहेका चरमपन्थीलाई रिहा गर्नुपरेको थियो। त्यसपछि पाकिस्तानको नेतृत्वमा आएका परवेज मुशर्रफसँग पनि वाजपेयीले सम्बन्ध सुधारको पहल गरे र आगरामा दुई नेताबीच कुराकानी पनि भयो। तर त्यो सार्थक भएन।

७. पोटा कानुन

वाजपेयीकै कार्यकालमा भारतीय संसद् भवनमा आतंकवादी हमला भयो। त्यसलाई भारतको संसद्को इतिहासमा सबैभन्दा कालो दिन भनिन्छ। घटनामा कुनै नेतालाई केही नभए पनि पाँचजना चरमपन्थी र केही सुरक्षाकर्मी मारिएका थिए।

त्यसअघि अमेरिकाको वर्ल्ड ट्रेड टावरमा पनि आक्रमण भएको थियो। ती घटनालाई मध्यनजर गर्दै सरकारले आतंकवादविरोधी निकै कडा खालको कानुन- पोटा बनायो।

विरोधीलाई निशाना बनाउन ल्याइएको भन्दै त्यसको विरोध पनि भयो। पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि त्यो कानुन निलम्बन गरियो।

८. संविधान समीक्षा आयोग

वाजपेयीले संविधानमा संशोधनको खाँचोबारे अध्ययन गर्न सन् २००० को ज्यानुअरी १ मा राष्ट्रिय आयोग पनि बनाए।

त्यसको तत्कालीन राष्ट्रपति आरके नारायणनले विरोध गरे भने विपक्षीले त्यसलाई मुद्दा बनाए। आयोगले दुई सय ४९ वटा सिफारिस पनि गर्‍यो। तर चर्को विरोधका कारण सरकारले संशोधनको काम अघि बढाउन सकेन।

९. जातीय गणनामा रोक

अघिल्लो सरकारले दिएको सहमतिअनुसार सन् २००१ मा जातिगत रूपमा जनगणना हुनुपर्ने थियो। तर वाजपेयी सरकारले त्यो निर्णय उल्टाइदियो।

जनसङ्ख्याको अनुपातमा अधिकार सुनिश्चित गर्ने अभियानमा धक्का पुगेको भन्दै त्यसको विरोध भयो।

१०. राजधर्मको पालन

हरेक प्रधानमन्त्रीको जस्तै वाजपेयीका निर्णयबारे पनि पक्ष र विपक्षमा मत छन्। तर गुजरातमा सन् २००२ मा भएको दंगालाई लिएर दुई सातासम्म उनको मौनताको सबैभन्दा बढी आलोचना हुने गरेको छ।

दुई हप्तापछि बोले तर ‘मोदीले राजधर्मको पालन गर्नुपर्छ’ भन्ने बाहेक केही उल्लेख गरेनन्। पछि उनले ‘नरेन्द्र मोदीले मुख्यमन्त्रीबाट राजीनामा दिऊन्’ भन्ने चाहेको कुरा खुलाएका थिए।

तर न मोदीले राजीनामा दिए न वाजपेयीले राजधर्मको पालना गर्दै उनलाई हटाउनै सके। इतिहासले उनका तमाम विशेषताका साथै उक्त ‘राजनीतिक भूल’ को निम्ति पनि वाजपेयीलाई सदा सम्झिइने छ।

बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution