हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विश्व नेताको नजरमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आनन कस्ता थिए ?

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८० वर्षीय आनन बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो।


उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

सन् १९९७ देखि २००६ को बीचमा दुई पटकसम्म उनले महासचिवको कार्यभार सम्हालेका थिए। सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।

विश्व नेताको नजरमा आनन कस्ता थिए

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबल पुरस्कार विजेता कोफी आननको निधनपछि उनीप्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आननलाई राम्रो विश्वका लागि एकजना मार्गदर्शक भनी सम्झिएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन्।

नेतृत्वदायी भूमिका

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले आननले सधैँ राम्रो विश्व बनाउन चाहेको बताएका छन्। घानाका नागरिक आननले राष्ट्रसंघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए र उक्त पदमा पुग्ने उनी एकमात्रै अश्वेत अफ्रिकी हुन्।

त्यसयता उनले सिरियाका लागि राष्ट्रसंघीय विशेषदूतको भूमिका निर्वाह गरेका थिए र द्वन्द्व समाधानका लागि नेतृत्वदायी प्रयासहरूसमेत गरेका थिए। कोफी आनन फाउण्डेसनले केही समयको बिमारीपछि शनिबार शान्तिपूर्वक उनको निधन भएको जनाएको छ।

असल राजनेता

फाउण्डेसनले एउटा विज्ञप्ति निकाल्दै उनी निस्पक्ष र शान्तिपूर्ण विश्वका लागि जीवनभर प्रतिबद्ध रहेको जनाएको छ।उनलाई मानव अधिकारको क्षेत्रमा काम गरेको भन्दै नोबल शान्ति पुरस्कार समेत दिइएको थियो।

इरानको हमलालाई लिएर आननसँग विमती राखेका ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र रहेको बताएका छन्।

राष्ट्रसंघका अहिलेका प्रमुख गुटेरसले आफ्ना पूर्ववर्तीलाई श्रद्धाञ्जली दिनेमा नेतृत्व गर्दै कोफी आनन भनेकै धेरै अर्थमा राष्ट्रसंघ रहेको बताएका छन्।

विवेकी

आननले कसैसँग तुलनै नहुने गरी गरिमा बढाएको र दृढ संकल्प राखेको पनि गुटेरसले बताएका छन्।रुसी राष्ट्रपतिले पनि रुसीहरूको दिलमा आननको सम्झना सदैव बाँच्ने बताएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कुटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन्। बिबिसी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution