हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ अादिवासीय साँस्कृतिक उजागरण कार्यक्रम सम्पन्न

धन प्रसाद तामाङ,पोखरा ।तामाङ संचार दिवसको सन्दर्भमा कोकोम्हेन्दो साहित्य समाज पोखराको अायोजनामा “तामाङ अादिवासीय साँस्कृतिक उजागरण कार्यक्रम” सम्पन्न भएको छ । दिपक वाइबा, मिनमाया डुम्जन, पवित्रा तामघ र उत्तर वाइबाको सभापति, संचालन, स्वागत र शुभेच्छा मन्तव्यमा सम्पन्न कार्यक्रमलाई लोकोत्तर लोकवादी अभियानता, अासा अभियान व्याख्याता सिनधुली लोकनायक काजीमान तामाङ थिङले संबोधन गर्नुभएको थियो ।

नेपाल तामाङ घेदुङ संघीय भाषा साहित्य तथा प्रशिक्षण विभाग प्रमुख एवं अादिवासी जनजाति महासंघ प्रदेश-३ अध्यक्ष समेत रहेका थिङले मुलुकभित्र शासक समुदायको भाषा बाहेक अन्यको भाषिक मानवअधिकारको ठाडो, क्रुर र बलात दमन भएको रहस्योद्घाटन गर्नुभयो । अबको शासक प्रशाशक सबैको साझा बन्न सक्नुपर्ने भनाइ राख्नुभयो । सचिव, सिडियो र स्थानीय अधिकारीहरुलाई अादिवासीहरुले अाफ्नो अलावा अन्यको भाषामा पनि जुन दख्खलता देखाएको छ; सो कार्य अब शासक र शासक समुदायले पनि गरेर देखाउन सक्ने हो भने शिघ्र नै शासक शासित समुदायहरु बिच समजदारी अाउने विचार राख्नुभय१ । यति मात्र गरे, अन्य सबै किनारिकृत भाषा समुदायहरुको अपनत्व ग्रहणबाट स्वतः केही गर्नु नपर्नेगरि सुसंमृद्धि कायम हुदै जाने कुरा चुनौतीपुर्वक व्यक्त गर्नुभएको थियो ।

“संसकृतिक उजागरण” भनेको “कृयाशीलताभित्रको सिर्जनशीलता”, “निरन्तरताभित्रको नविनता” र “विविधता सहितको वैभवता” मार्फत “चेतनामाथि चेतनाको सिर्जनशील हस्तक्षेप”को अभियान हो । जसले मात्र पुरातन यथास्थितिवादी निषेधहरुलाई निषेध गर्न सकिन्छ । जुन निषेधबाट निषेधहिन निषेधवाद प्रतिस्थापन गरेर बिद्यमान बिध्वंशकारी द्वन्दलाई रचनात्मक रुपान्तरण गरिन्छ । जसको क्रमागत रुपान्तरणबाट समतामुलक बहुअायामिक बहुलतावादी समाजव्यवस्था स्थापन अासा अभियानको ध्येय हो । जसलाई नेपाल तामाङ घेदुङले सांस्कृतिक पुनर्जागरणको रुपमा लामो समयबाट संचालन गर्दै अाइरहेको विषय प्रष्ट्याउनु भएको थियो ।

२ भदौ २०७५ मा प्रकाशित |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution