इजरायलमा २४ औ विश्व आदिवासी दिवस भव्यताको साथ् मनाईयो

तेलअविव — नेपाली आदिवासी जनजाति महासंघ इजरायलले २४ औं विश्व आदिवासी दिवस तेलअविवमा भव्यताको साथ मनाएको छ|विभिन्न नेपाली आदिवासी सांस्कृतिक बाजागाजा झाँकीं नाँच र न्याली सहित हलमा प्रवेश गर्दा कार्यक्रम निकै रमाइलो वातावरणमय भएको थियो |
महासंघको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा , विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका अध्यक्ष जगत बहादुर बराम,बिशेष अतिथिहरुमा बौद्ध धर्मगुरु लामा थुप्तेन तामाङ,महासंघ इजरायलका संस्थापक अध्यक्ष तेन्जिन शेर्पा,महासचिव सुन्दर सिंह लामा तामाङ,एनआरएनएका अध्यक्ष छिरिङ लामा शेर्पा लगायत महासंघका भूपूअध्यक्ष,जातीय संस्थाका अध्यक्षहरु , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरु अथिति रहेका थिए |
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै महासंघका उपाध्यक्ष नुमा बुखिम लिम्बुले स्वागत मन्तव्य र महासंघमा आवद्ध ८ जातीय संस्थाका तर्फबाट आ-आफ्नो मात्रु भाषाको गीतमा स्वागत निर्त्य प्रस्तुत गरेका थिए |
कार्यक्रमको विशिष्ट अतिथि एवं प्रमुख वक्ता जगत बहादुर बरामले नेपालमा विभिन्न भाषाभाषी भएपनि राज्यले एकल भाषालाई मात्र संरक्षण गरेको बताउनु भयो | शिवरात्रि तीज पर्वमा राष्ट्रिय बिदा दिएर सम्पूर्ण नेपालीहरुले मनाउनु पर्ने तर जातीय पर्वहरुमा सम्बन्धित जाती समुहलाई मात्र बिदा दिएर जातीय पर्व उनीहरुले मात्र मनाउनु पर्ने ,सम्पुर्ण नेपालीले मनाउनु नपर्ने , सहभागी हुनु नपर्ने , राज्यले गरेको यस्तो बिभेदको अन्त हुनुपर्ने ,नेपालमा भएको सम्पूर्ण भाषा र संस्कृतिहरूलाई राज्य द्वारा अधिकार बराबर नदिए सम्म देश सम्पन्न हुन नसक्ने ठोकवा गर्नुभएको थियो |
पुरा भिडियोमा सुन्नुहोस् – जगत बहादुर बराम
प्रमुख अतिथि महामहिम निरन्जन थापाले २४ औ विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै प्रवासमा नेपाली राष्ट्रिय संस्कृतिलाई जगेर्ना गर्ने कार्यमा निरन्तरता दिनु भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको थियो |
कार्यक्रममा महासंघका संस्थापक महासचिव सुन्दर सिंह लामा तामाङ,संस्थापक सचिव तेज बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए |
विशिष्ट अतिथि केन्द्रिय अध्यक्ष जगत बहादुर बरामलाई सम्मान-पत्र सहित सम्मान गरिएको थियो | साथै महासंघका पुर्व पदाधिकारीहरुलाई पनि सम्मान गरेका थिए |
कार्यक्रममा महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो मात्रु भाषाको गीतमा नेपाली राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित गीत तथा निर्त्यहरु प्रस्तुत गरेका थिए |
अन्तमा कार्यक्रमका सभापति नरेश कुमार श्रेष्ठले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभाव एवं प्रत्यक्ष वा अप्रत्क्षय रुपमा सहयोग पुर्याउनु भए २४ औ विश्व आदिवासी दिवस भव्यताको साथ सफल परी दिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो |
नेफ़िन इजरायलका वरिष्ठ उपाध्यक्ष तारा काउचा मगर संयोजक रहेको कार्यक्रममा नेफ़िन इजरायलका महासचिब समिर ह्याल्मो र प्रथम सचिव खुसी घलेले कुशलतापुर्वक संचालन गरेका थिए |