हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

इटालीमा भारतीय भनिएका ६१८ नेपालीको चिहान

इटाली — इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन्। सात समुन्द्रपारकिो देशमा कोही आफन्त, शुभेच्छुक वा पि्रयजनको मृत्युले उनलाई भावुक बनाएको होइन।


अक्सर नेपाली नपुग्ने यस क्षेत्रमा पुगेकाहरू पनि रसाएका आँखा लिएर निस्कन्छन्। किनभने, त्यहाँ ज्ञात-अज्ञात ६ सय १८ नेपालीको चिहान छ। ती नेपाली ७१ वर्षअघि दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए, जसका बारेमा धेरै नेपालीलाई समेत थाहा छैन।

इटालीको उत्तरपूर्वी समुद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरयिा क्रसद्वारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र सेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ जना गरी ६ सय १८ जना नेपालीको चिहान छ। यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटली आइपुगेको भारत सरकारले यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ। नेपाली सैनिकहरू गोरखा रेजिमेन्ट्स अन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे। स्मारकमा उल्लेख भए अनुसार यहाँ दोस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए र यहाँ मारनिेमध्ये धेरै सातौँ गोर्खा राइफल्सका थिए।

प्रथम र दोस्रो विश्वयुद्धले कति क्षति पुर्‍यायो भन्ने अध्ययन गर्न बेलायतले एउटा संस्था नै खोलेको थियो, कमन वेल्थ ग्रेभ कमिसन्स । यसले उनीहरूतर्फ के कति क्षति भयो, खोजबिन गरेर अभिलेख राख्ने काम गर्न थाल्यो। जानकारी पाएसम्मका मृतकको नाममा उनीहरूले चिहान बनाए। अहिले पनि ग्रेभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मतसम्भार गर्छ। घटनासित सम्बन्धित प्राप्त सबै अभिलेख राख्ने काम पनि गर्छ। कमिसन्सले अझै पनि खोजबिन गररिहेको छ।

रििमनीको यो चिहान घरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ। त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरयिो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण्ा गरएिको हो’ भन्ने बेहोरा हिन्दी भाषामा उल्लेख छ। यही वाक्यले धेरै नेपालीलाई दुःखी बनाउँछ। किनभने, त्यहाँ मारएिका झन्डै सबैजसो सैनिक नेपाली छन्। तर, तिनलाई भारतीय भनेर चिनाइएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला भारत स्वतन्त्र मुलुक नभएकाले ती सैनिकलाई भारतीय सैनिक भन्न नमिल्ने तर्क भूतपूर्व गोर्खा सैनिक संगठन -गेसो) बेलायतका उपाध्यक्ष कृष्ण साङपाङ राई गर्छन्। “त्यस बेला भारत आफैँ स्वतन्त्र थिएन। कसरी ती भारतीय सेना हुने ? बेलायतका लागि भारतीय सेनाको तर्फबाट लडेका नेपाली सेना हुन्। ती नेपाली हुन्, भारतीय सेना भन्नु अन्याय हो।” यस्तो आपत्ति त्यहाँ घुम्न जाने अरू नेपालीले पनि चिहानघरमा राखिएको आगन्तुक पुस्तिकामा व्यक्त गरेका छन्। हस्ताक्षर पुस्तिकामा श्याम तामाङले लेखेका छन्, ‘नेपाली मर्दा पनि भारतीय बनाउनु लाजमर्दो कुरा हो। तिनले नेपाली भएरै मर्न पाउनुपर्छ। तीमाथि न्याय होस्।’

प्राप्त दस्तावेजका अनुसार रििमनीमा गोर्खाली सैनिकहरू विभिन्न भारतीय पल्टनबाट लड्न आएका थिए। “भारतीय पल्टनका तर्फबाट लड्न ल्याइएका तिनै नेपाली नै त्यहाँ मारएिका थिए। तर, स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन। तर, त्यहाँ उल्लेखित घरको ठेगानाबाट उनीहरू नेपाली भएको प्रस्टै थाहा हुन्छ। त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरूको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक’ मात्र लेखिएको छ।

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने सन् १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ र त्यो समय दोस्रो विश्वयुद्धको हो। तर, जर्मनीविरुद्ध लड्न आएका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ। केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बाल सैनिक हुन सक्ने अड्कल पनि गरिन्छ। त्यहाँ १६ वर्षमुनिका किशोरलाई समेत संलग्न गराइएको हुन सक्ने नेपालीहरू बताउँछन्। कमनवेल्थ ग्रेभ कमिसन्सको रपिोर्टमा उल्लेखित २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका समेत भएकाले नाम नराखिएको हुन सक्ने उनीहरूको आशंका छ। “बेलायतीहरूले त्यहाँ १४-१५ वर्षका नेपालीलाई पनि ल्याएकाले नाम भएर पनि नदिएको हुन सक्छ। यसको सत्यतथ्य खोज्नुपर्छ,” भेनिसका अम्मर गुरुङले इमेलमा प्रतिक्रिया दिए।

हुन पनि यहाँ मारएिका ६ सय १८ नेपाली सैनिकमध्ये सातौँ गोर्खा राइफल्सका नायक १६ वर्षीय मनबहादुर राईसम्म छन्। उनको उमेरले नै बताउँछ कि उनी त्यस बेलाको कानुनविरुद्ध सेनामा भर्ती गरएिका रहेछन्। उनीसँगै १७ वर्षीय कण्र्ाध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ स्मारकमा। युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन। त्यसैले नेपाल सरकारले यसमा ध्यान दिए अझै पनि लडाइँमा संलग्न गराउनेलाई कारबाही र त्यसको क्षतिपूर्ति हुन सक्ने सम्भावना छ। गेसोका उपाध्यक्ष राई भन्छन्, “हामीले कस्तो घटनासम्म पायौँ भने बाबु र छोरा दुवैलाई एकैचोटि भर्ती गरेका छन्, बेलायती सेनामा। त्यो त ठाडै कानुनको उल्लंघन हो। १६ वर्षका किशोरलाई युद्धमा संलग्न गराउनै पाइन्न।”

बेलायती सेनाबाट लडेका नेपालीले बेलायती सरकारबाट सेवासुविधा लिएर कोही बेलायत, कोही हङ्कङ् त कोही सिंगापुरमा बसोवास गररिहेका छन्। सेवासुविधा र पेन्सनको माग गररिहेका छन्। आफन्तहरूले क्षतिपूर्ति पाइरहेका छन्। नपाउनेले अहिलेसम्म दाबी गर्न छोडेका छैनन्। भूतपूर्व सैनिक संगठन -गेसो) त्यस्तै सेना र तिनका परविारलाई सुविधा मागेर कानुनी लडाइँ लडिरहेको छ। तर, बेलायती सेनाबाटै पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपालीलाई न्याय दिलाउन त परै जाओस्, त्यसका बारेमा न त गेसोलाई राम्रो जानकारी छ, न नेपाल सरकारलाई नै। इटालीमा नेपाली राजदूतावास छैन। स्वीट्जरल्यान्डको जेनेभास्थित नेपाली दूतावासले नै इटाली पनि हेर्छ। तर, जेनेभास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत भृगु ढुंगाना नेपालीको यो सामूहिक चिहानबारे जानकारी नै नभएको बताउँछन्। भन्छन्, “ए हो र ? खै हामीलाई त जानकारी नै छैन। जानकारी नै नभएपछि के भन्ने त्यसबारे ?”

जसले ज्यान दिए

रिमिनीको लडाइँमा मारनिेमा मुख्य हबलदार पूर्वी नेपालको भुजीका कण्र्ाध्वज सुनुवार छन्। वासुम पाँचथरका ३३ वर्षीय खर्कध्वज लिम्बू एक जना मात्रै सुबेदार पदका छन्। गुल्मी हुङ्गाका नरे भण्डारी, रनबहादुर राई, रनसिंह थापा, धनबहादुर गुरुङ र कमान सिंह खत्री गरी आधा दर्जन जमदार छन्। मारनिेमध्ये छैटौँ गोर्खा राइफल्सका एक जना पूण्र्ाबहादुर अधिकारी, दुई जना नेवार र केही थापाबाहेक अधिकांश राई, लिम्बू र मगर समुदायका छन्। मारनिेमा दुई जना नेवार समुदायका पनि छन्, मंगलबारी इलामका रामप्रसाद नेवार र रामेछाप मन्थलीका रनबहादुर नेवार।

लड्नेमध्ये केही नायकबाहेक बाँकी सबै राइफलम्यान छन्। तीमध्ये कोही त बेलायती राजकुमारको नाममा राखिएको बिग्रेड पि्रन्स अफ वेल्सका पनि देखिन्छन्। पाल्पा करामकोटका २८ वर्षीय गंगाबहादुर थापा पि्रन्स अफ वेल्सको मातहतमै रहेको बि्रगेडबाट २० अपि्रल १९४५ मा मारएिको त्यहाँको नामावलीमा उल्लेख छ। त्यस्तै रानी अलेक्जेन्ड्राको निर्देशनमै गोर्खा राइफल थियो भन्ने दस्तावेजले देखाउँछ। किनभने, तगाम-४ पर्वतका किसनलाल खत्री उनकै बि्रगेडबाट लडेका थिए। सबैभन्दा कम उमेरकामध्ये ताप्लेजुङका १६ वर्षीय हर्कराज सुनुवार छन्।

वीरताको चर्चा

बेलायती सेनामा वीरताका साथ लडेर भिक्टोरयिा क्रस पाउनेमध्ये ज्यामरुङ-३, गोरखाका राइफलम्यान २३ वर्षीय शेरबहादुर थापा पनि थिए। कमनवेल्थ ग्रेभ कमिसन्सको रपिोर्टका अनुसार २८ डिसेम्बर १९४४ को लन्डन गजेटमा उनको बहादुरीको यसरी व्याख्या गरएिको छ- १८ देखि १९ सेप्टेम्बरमा जर्मनीविरुद्ध लड्दै जाँदा सानमारनिोसम्मै पुगेका थिए, गोर्खाली सेनाहरू। उनी त्यस कम्पनीका तीक्ष्ण सुटर थिए। उनी र उनका सेक्सन कमान्डरले बहादुरीका साथ हमला गरििदएपछि शत्रुहरू विमानमा उडेर भागेका थिए। त्यसलगत्तै जर्मनहरूको अर्को समूहले हमला गर्‍यो। सेक्सन कमान्डर घाइते भए। त्यो देखेपछि शेरबहादुर हानिँदै शत्रुलाई आक्रमण गर्न गए। तिनको बन्दुक खोसेर ल्याए। उनको निर्दिष्ट आक्रमणले जर्मन लडाकूहरूलाई पछि हटायो। जब गोर्खा कम्पनीहरूलाई पछि हट्न निर्देशन दिइयो उनका सहकर्मीहरू फर्किसक्दा पनि शेरबहादुरचाहिँ टुकडीमा एक्लै बसिरहे। पछि उनीसहित अर्का एक सैनिकलाई उद्धार गरएिको थियो। दोस्रोपटक फर्किंदै गर्दा उनी जर्मनहरूको भारी बम वर्षामा परे। उनको उच्च बहादुरीले गर्दा गोर्खा सैनिकका धेरैको ज्यान जोगिनुका साथै जर्मन सैनिकतर्फ ठूलो क्षति भयो। सायद यही बहादुरीका कारण राइफलम्यान भए पनि थापालाई भिक्टोरयिा क्रस दिइएको थियो। कान्तिपुरबाट |

*****

यो सम्बन्धि मनोज घर्तीमगरको  पुस्तक ‘भर्तीको फन्दा’ मा के छ ?

असंलग्न परराष्ट्र नीति लिएको नेपाल विश्वयुद्धताका कसैको पक्षमा थिएन। पक्ष वा विपक्षमा नभए पनि नेपाली युवाले विश्वयुद्धमा लडाइँ गरे। आफ्नो भूमि रक्षाका खातिर नभई लाहुरे भएर उनीहरूले आफ्ना शत्रु नभएका सेनाका छातीमा संगीन घोपे।

जर्मन, जापानी सेनाका टाउका मुलाझैं काटे। गोरा सैनिकसँग मिलेर गोर्खा सैनिकले विश्वयुद्धमा विभिन्न मुलुकमा लडे। ब्रिटिस साम्राज्य जोगाउन विश्वयुद्धमा ठूलो बलिदानी गरे।
लाखौं नेपाली युवाले ब्रिटेनका तर्फबाट सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्यएसिया, १९१४ मा फ्रान्ससँग युद्ध लडेर बेलायतलाई जिताइदिए। ती युद्धमा गोर्खा सैनिकले अद्भूत बहादुरी प्रदर्शन गरेपछि गोरा कमान्डरको मनखुसीले गोर्खाली युवालाई अंग्रेजी सेनामा भर्ती गराएका थिए।

बेलायती साम्राज्य जोगाइदिन बेलायतमा इस्ट ब्रिटिस गोर्खा सैनिक भएर जागिर खाइरहेका गोर्खालीले ब्रिटेनका तर्फबाट युद्ध लड्नु स्वाभाविक थियो तर नेपाल विश्वयुद्धको पक्षराष्ट्र नभए पनि यहाँको राष्ट्रिय सेना युद्धमा सामेल हुनुपर्‍यो। तत्कालीन राणाशासकले बेलायतको चाकरी गरेर आफ्नो सत्ता टिकाउने बहानामा नेपाली सेनालाई कूटनीतिविपरीत बेलायतका पक्षमा लड्न पठाएका थिए।

सन् १८५७ मा अंग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबाएको थियो। त्यो विद्रोह दबाउन रैफल, कालीबस्क, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, बर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंहदल, जबरजंग, गणेशदल, भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेरपल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग पल्टनका सेना खटिएका थिए। त्यसबेला नेपाली सेनाले बेलायतलाई साथ नदिएको भए त्यसैबेला भारतमा बेलायती साम्राज्य अन्त्य हुने धेरैको विश्लेषण छ। तर, राणाकै कमजोरीले थुप्रै नेपाली सैनिकले अनाहकमा ज्यान गुमाए।

त्यहीबेलादेखि नेपाली सेनाको सहयोग लिन बानी पर्‍यो अंग्रेजलाई। उसले पहिलो र दोस्रो विश्वयुद्धमा पनि त्यो सहयोग लिइछाड्यो। अंग्रेजलाई खुसी पारेर आफ्नो सत्ता टिकाउन राणाशासकले मागेभन्दा बढी संख्यामा नेपाली सेनालाई युद्ध लड्न पठाइदिएका थिए। प्रथम विश्वयुद्धमा श्री ३ महाराज चन्द्रशमशेरले अंग्रेजको अनुरोधमा २० पल्टन नेपाली सेना इस्ट इन्डिया कम्पनी सरकारलाई दिएका थिए।

नयाँ गोरख पल्टनका सैनिक मार्टिन हेनरी तथा इनफिल्ड राइफलले सुसज्जित थिए। नेपाली सेनाका मुख्य कमान्डर जनरल बबरशमशेर, जनरल तेजशमशेर तथा जनरल पदमशमशेर थिए। प्रथम विश्वयुद्धमा इस्ट इन्डिया कम्पनी सरकारको गोर्खा रेजिमेन्ट्समात्र होइन, राजपुत रेजिमेन्ट्स, शिख रेजिमेन्ट्स, बर्मा मेलिटरी पोलिस रेजिमेन्ट्स, असम रेजिमेन्ट्स पनि युरोपमा लडेका थिए। यसरी विश्वयुद्धका मोर्चामा २० पल्टनका १४ हजार नेपाली सेना भारतमा तैनाथ थिए।

अंग्रेजले तेस्रो अफगान युद्ध १९१९ दबाउन पनि नेपाली सेनाको सहयोग लियो। त्यतिबेला दोस्रो रैफल र भैरुंग पल्टन मर्दन भन्ने ठाउँमा अंग्रेज विरोधीसँग लडे भने पशुपतिप्रसाद र भैरवनाथ पल्टन नौसेरमा।

दोस्रो विश्वयुद्धमा पनि अंग्रेजका तर्फबाट थुप्रै नेपाली सेनाले युद्ध लडे। ब्रिटिसले सहयोग माग्नासाथ श्री ३ महाराज जुद्धशमशेर राणाले भारतीय उपमहाद्वीपका विभिन्न ठाउँमा नेपालका १६ वटा पल्टन पठाइदिए। दोस्रो विश्वयुद्धमा श्रीनाथ पल्टन र जबरजंग नौसेरा, दोस्रो रैफल पल्टन थलमा, बर्जबहादुर, महेन्द्रदल, कालीबहादुर र जंगनाथ पल्टन बर्मा, भैरवनाथ पल्टन अफगानिस्तानको खैबरघाँटी, शमशेरदल र शेरपल्टन कलकत्ता, सूर्यदल पल्टन देहरादून, पुरानो गोरख र देवीदत्त पल्टनले यी लगायत एबोटाबाद र अन्य विभिन्न ठाउँमा अंग्रेज साम्राज्यका लागि लडेको इतिहास छ।

बेलायतले त वास्ता गरेन–गरेन, विभिन्न युद्ध लडेका मगर, गुरुङ, क्षत्री, राई, लिम्बूलगायत गोर्खाली युवाका विषयमा लेख्न नेपाली बुद्धिजीवीले आवश्यकै देखेनन्। १३ वर्ष पुग्दानपुग्दै लाहुरे भएका यी समुदायका हजारौं युवा युद्धभूमिमै लापत्ता भए। चाँडै भर्तीमा गएकाले ती युवाले पढ्न पाएनन्। सोधीखोजी गर्ने अनुसन्धाता र इतिहासकार पनि बन्न सकेनन्। वीरतापूर्वक युद्ध लडेका गोर्खाली सैनिक के कतिले वीरगति पाए? विश्वका धेरै देश जहाँ गोर्खाली पुर्खाहरू हताहत भए, ती केका लागि भए? यस्ता प्रश्नले अहिले पनि धेरै नेपालीको दिमाग हल्लाइदिन्छ। विश्वका प्रख्यात शब्दकोश र इन्साइक्लोपेडियाले गोर्खालीको परिभाषा भाडाका सिपाहीका रूपमा लगाएका छन्। वास्तविक इतिहास नलेखिँदा संसारले गोर्खालीलाई गलत बुझेको छ।

बेल्जियम र उत्तरी फ्रान्सको सीमा सहर इपेरमा मेनिन गेट छ। गेटको विशाल ढोका र त्यसका पर्खालका भित्तामा हजारौं योद्धाको नाम कुँदिएको छ। तीमध्ये बेवारिस गोर्खालीका नाम पनि छन्। कतिको पल्टन उल्लेख छ, कतिको भने भारतीय पल्टनको नाम दिइएको छ। कतिपयको पल्टन पनि पत्तो छैन। यस ढोकामा कुँदिएका नाममा मगर, गुरुङ, राई, लिम्बू र तामाङ थर देखिन्छ। यी जातिका नाम पढेपछि थाहा हुन्छ, उनीहरू गोर्खाली हुन्। पर्खालमा कुँदिएका नामबाट धेरै गोर्खाली त्यो युद्धमा मारिएको प्रस्ट हुन्छ। केही गोर्खालीको नाम यस पर्खालको भित्तामा बर्मा पुलिस भनेर लेखिएको छ भने अन्यलाई भारतीय पल्टनमा बाँडिएको छ। गोर्खालीलाई इतिहासले समेत निर्मम किसिमले ठगी गरेको छ।

विश्वका जति ठाउँमा, जुन संख्यामा सनाखत हुन नसकेका समाधि छन्, ती धेरैजसो गोर्खालीका हुन्। युद्धमा मृत्यु भएपछि मरौटी खर्च दिनुपर्ने भएकाले ब्रिटेनले सनाखत भए पनि गोर्खालीलाई बेवारिस बनाइदिएको भुक्तभोगी बताउँछन्। चिनेर पनि उसले गोर्खाली नभनेर सनाखत हुन नसकेको भनी त्यत्तिकै छाडेको थियो। यति ठूलो संख्यामा रहेका समाधिमा कति गोर्खाली होलान्, खोजीको विषय हो।

इटालीको रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर छ। त्यहाँ ज्ञात–अज्ञात ६ सय १८ नेपालीको चिहान छ। ती नेपाली दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए। यसबारे धेरै नेपालीलाई समेत थाहा छैन। इटालीको उत्तरपूर्वी समुद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरयिा क्रसद्वारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र शेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ गरी ६ सय १८ जना नेपालीको चिहान छ। यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटाली आइपुगेको भारत सरकारले त्यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ। नेपाली सैनिकहरू गोरखा रेजिमेन्ट्सअन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे। स्मारकमा उल्लेख भएअनुसार त्यहाँ दोस्रो, चौथो, पाँचौं, छैटौं र सातौं गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए। त्यहाँ मारिनेमध्ये धेरै सातौं गोर्खा राइफल्सका थिए।
रिमनीको यो चिहानघरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ। त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरियो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण गरिएको’ भन्ने बेहोरा हिन्दी भाषामा छ। त्यहाँ मारिएका सबैजसो सैनिक नेपाली छन्। तर, तिनलाई भारतीय भनेर चिनाइएको छ।
रिमनीमा गोर्खाली सैनिक विभिन्न भारतीय पल्टनबाट लड्न पुगेका थिए। भारतीय पल्टनका तर्फबाट लड्न पुगेका तिनै नेपाली नै त्यहाँ मारिएका थिए। तर, स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन। त्यहाँ उल्लेखित घरको ठेगानाबाट उनीहरू नेपाली भएको प्रस्टै थाहा हुन्छ। त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरूको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक’मात्र लेखिएको छ।

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने सन् १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ, त्यो समय दोस्रो विश्वयुद्धको हो। तर, जर्मनीविरुद्ध लड्न पुगेका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ। केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बालसैनिक हुन सक्ने अड्कल पनि गरिन्छ। त्यहाँ १६ वर्षमुनिका किशोरलाई समेत संलग्न गराइएको हुन सक्ने अनुमान छ। कमनवेल्थ ग्रेभ्स कमिसन्सको रिपोर्टमा उल्लेखित २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका भएकाले नाम नराखिएको हुन सक्ने आशंका छ। बेलायतीहरूले त्यहाँ १४–१५ वर्षका नेपालीलाई पनि ल्याएकाले नाम भएर पनि नदिएको हुन सक्छ। यो खोजीको विषय हो।

त्यहाँ मारिएका ६ सय १८ नेपाली सैनिकमध्ये सातौं गोर्खा राइफल्सका नायक १६ वर्षीय मनबहादुर राईसम्म छन्। उनको उमेरले नै बताउँछ, उनी त्यसबेलाको कानुनविरुद्ध सेनामा भर्ती भएका थिए। उनीसँगै १७ वर्षीय कर्णध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ स्मारकमा। युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन। उमेर नपुगेकालाई भर्ती गर्नु युद्ध अपराध मानिन्छ।

इटालीमा नेपाली राजदूतावास छैन। स्विट्जरल्यान्डको जेनेभास्थित नेपाली दूतावासले नै इटाली पनि हेर्छ। तर, जेनेभास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत भृगु ढुंगाना नेपालीको यो सामूहिक चिहानबारे जानकारी नै नभएको बताउँछन्। भन्छन्, ‘ए हो र? खै हामीलाई त जानकारी नै छैन। जानकारी नै नभएपछि के भन्ने त्यसबारे।’
रिमिनीको लडाइँमा मारिनेमा मुख्य हवलदार पूर्वी नेपालको भुजीका कर्णध्वज सुनुवार छन्। वासुम पाँचथरका ३३ वर्षीय खर्कध्वज लिम्बू एक जनामात्रै सुबेदार पदका छन्। गुल्मी हुङगाका नरे भण्डारी, रनबहादुर राई, रनसिंह थापा, धनबहादुर गुरुङ र कमानसिंह खत्री गरी आधा दर्जन जमदार छन्। मारिनेेमध्ये छैटौं गोर्खा राइफल्सका एक जना पूर्णबहादुर अधिकारी, दुई जना नेवार र केही थापाबाहेक अधिकांश राई, लिम्बू र मगर समुदायका छन्। मारिनेमा दुई जना नेवार समुदायका पनि छन्, मंगलबारे इलामका रामप्रसाद नेवार र रामेछाप मन्थलीका रनबहादुर नेवार।

लाइभ भिडियो :  गायक मिलन लामाको फेसबुकबाट 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution