तामाङ भाषाको पहिलो “तामाङ उखानकोश” पुस्तकको बिमोचन हुदै
भदौ १ , याम्बु – तामाङ भाषाको “तामाङ उखानकोश” पुस्तकको भोलि भदै २ गते नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपार्टी, काठमाडौँमा दिउँसोको २:०० बजे बिमोचन कार्यक्रम हुने भएको छ | फुर्पा तामाङ द्वारा लिखित ‘तामाङ उखानकोश’ पहिलो प्रकाशित पुस्तक हो |
कुनै जाति वा समुदायको भाषा लोप भयो भने त्यो जाति वा समुदायको पहिचान मेटिन्छ।भाषा संरक्षणको उद्देश्यले संकलन गरी लेखिएको तामाड० उखानकोश पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन हार्दिक स्वागत गर्दछु , लेखक फुर्पा तामाङले फेसबुकमा लेख्नु भएको छ |
कार्यक्रममा प्रमुख अतिथि माननीय उपसभामुख राधिका तामाड०, प्रदेश नं. ३ अतिथि वक्ताहरुमा पूर्व उपकुलपति प्राज्ञ वैरागी काँइला, भाषाविद अमृत योन्जन, संस्कृतिविद टी ग्याल्छेन लामा शेर्पा, प्राडा काजुको तत्सुमी, फुकौका युनिभरसिटि, जापान र अन्य चर्चित व्यक्तित्वहरूरहेको लेखक फुर्पा तामाङले जानकारी दिनु भएको छ |
यो उखानकोश तामाड० भाषा-संस्कृतिको पहिलो कृति हो। यस अघि पुस्तकको रुपमा प्रकाशित भएको छैन। कार्यक्रम आयोजक: तामाङ डाजाङ, तामाङ भाषा संरक्षणका लागि स्थापित संस्था, नेपालले गरेको छ |
थप जानकारीको लागि सम्पर्क नम्बर: फुर्पा तामाङ – ९८५११४८९७९, दावा देकी तामाङ – ९८४१५३८९८०