तामाङ युवकको भूमिमा दयाहाङ राई अभिनित चलचित्र ‘घामपानी’ युट्युबमा सार्वजनिक (भिडियो)

संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र ‘घामपानी’ युट्युबमा आज सार्वजनिक भएको छ |चलचित्र अन्तरजातिय कथामा बनेको छ |
एउटै गाउँका २ फरक जातीका युवा र युवतीविच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उतारचढावको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् । साथमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ |
वाल्मिकी पोखरेल र मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको संगीत रहेको छ । रामबाबु गुरुङ चलचित्रमा स्त्रिmप्ट कन्सल्ट्यान्ट हुन् ।
चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी गरेका छन् |
चलचित्रमा दया तामाङ यूवक र केकी बाहुन यूवतीको रुपमा अभिनय गरेका छन | प्रेमपछि हुने उतारचढावलाई चलचित्रमा देखाएको छ |
सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्शनको प्रस्तुती रहेको छ |