हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

मकै पोलेर बेच्नेहरुसँग दैनिक ४५ रुपैयाँ कर, ‘संघीयता मास्ने षड्यन्त्र’

काठमाडौं, साउन ३१ । स्थानीय तहले विभिन्न बहानमा सयौं गुणासम्म करवृद्धि गरेपछि चौतर्फी विरोध सुरु भएको छ । करवृद्धिको विरोधमा सत्तारुढ दलकै सांसदसमेत उभिएका छन् ।

प्रतिपक्षी दलका सांसदहरुले त संघीयता खारेज गर्ने वातावरण बनाउन केन्द्र सरकारको उक्साहटमा करवृद्धि भइरहेको आरोप लगाएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मकै पोलेर बेच्नेहरुसँग दैनिक ४५ रुपैयाँ, हाँस–कुखुरा बेच्नेसँग प्रतिगोटा १६ रुपैयाँ, भैंसी बेच्नेसँग प्रतिभैंसी एक हजार रुपैयाँ कर लिन थालेको छ ।

रुकुम पश्चिम, आठबिसकोट गाउँपालिकाले कुनै व्यक्ति बेपत्ता भएर फेरि घर फर्किए, उ फर्किएको प्रमाणित गर्न ५०० रुपैयाँ कर लिने निर्णय गरेको छ ।

सोही गाउँपालिकामा गरिब भएको प्रमाणित कागजात लिन २५ रुपैयाँ बुझाउनुपर्नेछ ।

तेह्रथुमको म्याङलुङ नगरपालिकाकाले अंग्रेजी भाषामा दिनुपर्ने सबै सिफारिसमा ५०० कर तोकेको छ ।

डिजेल र पेट्रोलमा इलाम नगरपालिकाले प्रतिलिटर ५० पैसा कर तोकेको छ ।

जन्म, मृत्यु, विवाह, नाता प्रमाणित, घरजग्गा किनबेच सिफारिसलगायतका विषयमा त करको कुरै नगरौं ! स्थानीय तहले १०० प्रतिशतसम्म करवृद्धि गरेका छन् ।

यी त केही उदाहरणमात्र हुन् । अहिले अधिकांश स्थानीय तहले सामान्य नागरिकले गर्ने हरेक कारोबारलाई करको दायरामा ल्याएका छन् ।

करवृद्धि हुँदै जाँदा जनस्तरमा संघीयतामाथि नै वितृष्णा फैलनसक्ने खतरा बढ्दै गएको छ ।

स्थानीय तहले लगाएको र वृद्धि गरेको करका विषयमा संघीय संसदमै आवाजहरु उठेका छन् ।

सत्तारुढ दलका सांसदहरु केन्द्र सरकारले हस्तक्षेप गरेर पनि करवृद्धि फिर्ता गराउनुपर्ने बताइरहेका छन् ।

नेकपाका सांसद लेखराज भट्ट केन्द्र सरकारले हस्तक्षेप गरेर भने पनि करवृद्धि फिर्ता गराउनुपर्ने र केन्द्रले नै विज्ञ सम्मिलित टोली गठन गरेर करको दर र दायरा तय गर्नुपर्ने बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने संघीयतालाई मास्ने षड्यन्त्रमा केन्द्र सरकार नै लागिपरेको आरोप लगाएको छ ।

कांग्रेस सांसद प्रकाश स्नेहीले केन्द्र सरकारकै उक्साहटमा स्थानीय तहले कर लगाएर नागरिकलाई धोका दिने काम भइरहेको बताए ।

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद विमल श्रीवास्तवले करका विषयमा बुझाउन नसक्दा समस्या आएको बताए ।

स्थानीय तहले लगाएको कर भने ज्यादै बढी भएकाले सन्तुष्ट हुन नसकिने उनको भनाइ छ ।सरोज अधिकारी/दिलिप पोखरेल इमेज खबरबाट

सिद्धान्ततः नागरिकलाई नै सेवा–सुविधा दिन राज्यले कर उठाउँछ । तर, नागरिकको करबाट जम्मा भएको रकम सन्चालन गर्ने अख्तियारप्राप्त व्यक्तिले गर्ने भ्रष्टाचार र विलासितापूर्ण जीवनका कारण करप्रति नै जनताको वितृष्णा बढ्दै गएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution