तामाङ प्रसारण दिवसको अवसरमा मकवानपुरमा तामाङ पत्रकारिता सम्मान गरिदै

हेटौडा – तामाङ पत्रकार संघ, मकवानपुरले भाद्र ०१ गते २४ औँ तामाङ प्रसारण दिवस (रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम सञ्चालन भएको २४ औँ वर्ष पुरा भएको) अवसरमा विगतका दिनमा सञ्चार क्षेत्रमा क्रियाशिल रही तामाङ भाषा, धर्म,सस्कांर सस्कृति र पहिचानको सवालमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी श्री पूर्णिमा गोलेलाई ‘तामाङ पत्रकारिता सम्मान–२०७५’ बाट सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्ने भएको छ |
भाद्र ०१ गते (शुक्रबार)नेपाल पत्रकार महासंघको सभाहल, हेटौडा-४ मकवानपुरमा बिहान ११ः०० बजे कार्यक्रम हुने भएको तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र बहादुर घलानले जानकारी दिनु भएको छ |