मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक

मलेसिया : मलेसिया : क्वालालम्पुरमा अगस्ट १० ,११ र १२ तारिख ३ दिन सम्म भएको एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडी कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक र नोर्बु तामाङले विलो ८४ किलो तौल स्वर्ण पदक जितेका छन् |
यसैगरी गोमा थापाले विलो ५३ केजी तौलमा रजत पदक, १३ वर्ष मुनिको खेलमा रिवाज गिरीले कास्य पदक, दल बहादुर तामाङले विलो ७५ तौलमा कास्य पदक, अस्मिता प्रजाले विलो ६१ केजिमा कास्य पदक,विलो ६० केजिमा तुलाराम धामीले कास्य पदक जितेका छन् ।
जसमा नेपालले २ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेका छन् | नेपालबाट कराते टिम लिएर आउनु हुने नेपाल हायसिया-हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री साथै रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने टिम म्यनेजरमा इन्द्र बस्नेत साथै टिम कोचमा कर्ण बहादुर राई थिए |
प्रतियोगितामा मलेसिया, नेपाल, बङलादेश, भारत ,भियतनाम,अस्ट्रेलिया,फिलिपिन्स,इन्डोनेसिया,सिङापुर,श्रीलंका,हङकङ लगायत १४ देशको सहभागी रहेको थियो |
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले मण्डला रेस्टुरेन्टमा एक कार्यक्रम गरी पदक विजयी खेलाडीहरुलाई सम्मान तथा विदाइको आयोजना गरिएको थियो ।
प्रत्येक २ बर्षमा हुने प्रतियोगिताको पाँचौ एसिया प्यासिफिक हायासिया-हा कराते महासंघको कोङ्रेस मिटिङले आगामी सन् २०२० मा छैटौ एसिया हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपाल हुने निर्णय गरेको छ।