ब्लफ कल गर्नेलाई २ वर्ष कैद

भाद्र १ गते लागु हुने मुलुकी ऐनमा ब्लफ कल गर्नेलाई सजायको व्यवस्था गरिएको छ । अब यस्तो कसुर गर्नेलाई २ वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । अपराध संहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन ।’
टेलिफोन वा फेसबु्कबाट धम्की दिनेलाई एक वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । कसैलाई डरत्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।