हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान

न्यूयोर्क:- गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं ईद्रावती गाउँपालिकाका प्रमुख तथा  जनसम्पर्क समिति अमेरिकाका पूर्व सल्लाहकार वंशलाल तामाङलाई नेपाली जनसम्पर्क  समिति न्यूयोर्क च्याप्टर अमेरिकाले एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत एवं सम्मान गरेको छ ।

कार्यक्रमका सम्मानित व्यक्तित्व श्री वंशलाल तामाङले संघियतामा देखिएका स्थानीय सरकारका चुनौती र अवसरका बारेमा केन्द्रित भएर अमेरिकामा बसेता पनि  आफ्नो सपनाको केन्द्र भने सधैं नेपालै भएकोले आफु देश फर्किएको बताएर आफ्नो भनाई सुरूगरेका थिए ।

विभिन्न देशका राजनीतिक र आर्थिक प्रगतिका उदाहरणहरू दिएर, मुलुकमा व्यवस्थाको विकल्प  व्यवस्था खोजेकाले समस्या आएको बताउदै, गाँउपालिका प्रमुख वंशलाल तामाङले सुधारको गुन्जायस राखेर भएपनि अब मुलुकलाई समृद्धि र विकासको बाटोमा डोर्याउनु पर्ने कुरा राखेका थिए ।

अहिलेको संविधानले स्थानीय सरकारलाई  २२ वटा एकल र १५ वटा साझा अधिकारहरू दिएको हुनाले धेरै अवसरहरू उपयोग गर्न सकिन्ने कुरा बताउँदै, तामाङले स्थानीय सरकार विफल भयो भने संघीयतानै विफल हुन सक्ने कुरा बताएका थिए । अहिलेको संविधान महिलाहरूको निमित्त उदार, पिछडिएका बर्ग समुदाय, दलित र जनजातिका लागि उतिकै राम्रो भएको कुरा बताउदै, स्थानीय सरकारमा सबैको प्रतिनिधित्व रहेको कुरा राखेका थिए ।

सहमति, सहकार्य र समन्वय अहिले मुलुकको नयाँ जनादेश भएकोले हाम्रो सोचमा आमुल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिदैं, गाँऊपालिका प्रमुख वंशलाल तामाङले विकास निर्माणको प्रकृयामा मुलुक पुगिनसकेकोले विकासका निमित्त राजनीति परिपाटी बसाल्न अहिलेको मुख्य चुनौती रहेको कुरा बताएका थिए । मुलुकले नयाँ मुलुकी एेन पाएपछि कानुन बनाएरआमुल परिवर्तन गर्न सकिन्ने कुरा जानकारी दिदै, अधिकार र विकासमा केहि गम्भीर चुनौति रहेको कुरा समेत तामाङले राखेका थिए ।  अन्तमा आफ्नो गाँउपालिकाको विकासका गुरू योजनाहरू समेत प्रस्तुत गर्दै, ईद्रावती गाउँपालिकाका प्रमुख तामाङले अमेरिकामा विताएका संघर्षका दिनहरूलाइ सम्झीएर केहि भावुक समेत भएका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति श्री आनन्द बिष्टले गाउँपालिकाका प्रमुख  वंशलाल तामाङलाई खादालगाएर स्वागत र सम्मान गर्दै, बिगतमा संगठनलाई परेको अप्ठ्याराको वेलामा तामाङले खेलेको सहजकर्ताको भुमिकाको प्रशंसा गरेका थिए ।

अर्का वक्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले पनि गाउँपालिकाका प्रमुख  तामाङलाई स्वागत र सम्मान गर्दै, प्रवासमा बसेर विभिन्न राजनीतिक बिचार समुहमा रहेकाहरूको लागि वंशलाल तामाङ एउटा इन्डीकेर र प्रेरणाका श्रोत भएको कुरा बताएका थिए ।

अन्य बक्ताहरूमा , नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य सुवास लामा, प्रध्यापक डा. गोविन्द कोईराला, एनआरएन आईसिसिका सदस्य द्वय, गोमा सेन, बन्दना कोइराला, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य आंगनिमा शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मान रानामगर,किराँत याक्थुङ चुम्लुङ  अमेरिकाका अध्यक्ष दिपेश लिम्बु, युनाईटेट किराँत राई एसोसिएशन न्यूयोर्क च्याप्टर अमेरिकाका अध्यक्ष केशवराम राई, लङआईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की, पत्रकार बिष्णु बैजु, प्रवासी नेपाली एकता समाज न्यूयोर्कका महासचिव नवराज खड्का, युएस नेपाल स्पोट एण्ड कल्चर डेभेलपमेन्ट इंकका उपसभापति  छेमाङ तामाङ, नेपाल महिला संघका केन्द्रीय सदस्य राजन विश्वाकर्म लगायत थिए ।

ग्यालसुन्दो सेवा सँस्थाको कार्यलय,ज्याक्सन हाईट न्यूयोर्कमा सम्पन भएको उक्त कार्यक्रममा, च्याप्टरका उपसभापति कमला पन्तले अतिथिहरूलाई खादा लगाई दिएका थिए भने, च्याप्टरका भावि कार्यक्रमहरूको बारेमा च्याप्टरका सचिव अनिल पाण्डेले प्रकाश पारेका थिए । च्याप्टरका उपसभापति अमर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका कोषाध्यक्ष मोना शर्माले गरेका थिए ।

-सोमनाथ हुँमागाई






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution