अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न
राजेश रुम्बा तामाङ । साउन २९ – नेपाल अहिंसावादी बाैदधर्म विश्वशान्ति चक्र संघकाे अायाेजनामा केन्द्रीय अध्यक्ष घर्म गुरु खेन्पाे पेमा सम्वा लामाकाे नेत्रित्वमा ६ दिवसिय थाईल्याण्ड धार्मीक अबलाेकन तथा भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
लामा गुरु अानी ज्योमो,जिन्धा लगाएत ३१ जनाको टोली गत साउन २३ गते थाइल्यान्ड प्रस्थान गरेका थिए । फर्के लगत्तै साउन २८ गते साँझ टोलीले सँघको उपेन्द्रको कार्यलयमा भ्रमणको समिक्षा सहितको बैठक राखेका थियो । बैठकमा बोल्नु हुँदै टोली प्रमुख तथा सँघका केन्द्रीय अध्यक्ष धर्म गुरु खेन्पो पेमा सम्बा लामा ज्युले भ्रमण उपलब्धि मुलक र धार्मिकरुपमा पनि दुई देशिय सम्बन्ध अझ् बलियो भएको बताउनु भयो । साथै धर्म एउटै भएतापनि मान्ने शैली फरक र अा अाफ्नो संस्कार फरक रहेका कारण केही असहज लागे पनि धेरै कुरा जान्न बुझ्न पाएको र अाफुले जानेको बुझेको अनि,भगवान गौतम बुद्धको जन्म स्थल र नेपालको बिषयमा पनि त्यहाँ सुनाउने काम भएको बताउनु भयो । साथै उपकेन्द्राका अध्यक्ष सोम बहादुर लामाका अनुसार निकट दिनमा यसै गरि थाइल्यान्ड , बर्मा लगाएतका देसहरुमा सँघले धार्मिक भ्रमण तथा अबलोकन भ्रमणको अायोजना गर्ने बताए ।
भ्रमणका क्रममा त्यहाँ रहेका विभिन्न एेतिहांसिक गुम्बा बिहारहरुको अबलोकन गर्नुको साथै भ्रमण अवदीभर नै त्यहाँ पुजा पाठको कार्यक्रम रहेको थियो । थाइल्यान्डको प्रख्यात अोक्ता नामका गुम्बाले भ्रमण टोलीलाई पुजा पाठ लगाएत बस्नका लागि भ्रमण अवदीभर सहजिकरण गरेका थिए । टोलीले स्वदेश फर्किनु अघि उक्त गुम्बाका प्रमुख भिक्षुलाई सहयोगको लागि धन्यवाद सहित भगवान गौतम बुद्धको जन्मस्थल पबित्र लुम्बिनीको माटो उपहार स्वरुप दिदै सम्मान र नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।
भ्रमण टोलीमा मकवानपुर,धादिङ, सर्लाही,नुवाकोट,काभ्रे चितवन,गोर्खा लगाएत विभिन्न जिल्लाबाट सहभागी रहेको थियो ।