हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने

काठमाडौं : भदौ १ गते लागु हुने मुलुकी देवानी संहिता ऐनले पुरुषलाई समेत सम्बन्ध विच्छेदको समाधान अधिकार दिएको छ। संहिता ऐनको परिच्छेद ३ को सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ ले ‘पतिले सम्बन्ध विच्छेद गर्न सक्ने’ उल्लेख छ।

चार वटा अवस्थामा पत्नीको मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था ऐनले गरेको छ।

कस्तो अवस्थामा पुरुषले सम्बन्ध विच्छेद गर्न पाउँछ?

कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा

कस्तो अवस्थामा महिलाले सम्बन्ध विच्छेद गर्न पाउँछ?

ऐनले महिलालाई विभिन्न ६ वटा अवस्थामा पतिको स्वीकृति नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएको छ।
कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
पतिले अर्को विवाह गरेमा,
पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा
यसरी सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सिधै अदालतमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। हाल यो प्रक्रिया वडा कार्यालय देखि सुरु हुँदै आएको थियो।

ऐनमा सम्बन्ध विच्छेदको निवेदन लिएर आउने पति पत्नीलाई मेलमिलाप गराउनुपर्ने व्यवस्था दफा ९७ ले गरे पनि दफा ९८ ले सम्झाउँदा बुझाउँदा मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्ने व्यवस्था गरेको छ।

अदालतले सम्बन्ध विच्छेदको निवेदन दर्ता भएको एक वर्षपछि सम्बन्ध विच्छेद गराई दिनुपर्ने व्यवस्था गरिएको छ।

पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने

ऐनको दफा ९९ मा सम्बन्ध विच्छेद गर्नु अगाडि अंशबण्डा गर्नुपर्ने व्यवस्था गरिएको छ। दफा ९९ को उपदफा ६ मा पत्नीका कारण पतिले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएको भए पुरुष पत्नीलाई अंश भराउन बाध्य नहुने व्यवस्था गरिएको छ।

तर पतिका कारण पत्नीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेको हकमा भने सम्बन्ध विच्छेद गराउनु अगाडि नै अदालतले अंशबण्डा गर्नुपर्ने दफा ९९ को उपदफा १ मा उल्लेख छ।

सोही दफाको उपदफा ५ मा अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिन सक्ने उल्लेख छ।

तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश नपाउने व्यवस्था छ।

यता महिलाले अंशको सट्टा एकमुष्ट रकम वा खर्च लिन सक्ने व्यवस्था समेत ऐनमा गरिएको छ। ‘सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ट रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ट रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ,’ दफा १०० मा उल्लेख छ। तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा सो रकम वा खर्च दिनु नपर्ने समेत व्यवस्था सोही दफामा गरिएको छ।

पत्नीको आम्दानी बढी भए खान लगाउने खर्च दिनु नपर्ने

सम्बन्धन विच्छेद अगाडि अंशबण्डा गर्दा सम्पत्ति नभई पत्नीले अंश नपाएमा अदालतले पतिबाट पत्नीलाई खान लाउन खर्च भराई दिन सक्ने व्यवस्था समेत ऐनमा गरिएको छ।

त्यस्तो अवस्थामा पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भराई दिन सक्नेछ ।

तर, पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु नपर्ने ऐनमा उल्लेख छ। साथै पत्नीले अर्को विवाह गरेमा समेत सो खर्च दिनु नपर्ने व्यवस्था ऐनमा गरिएको छ।

त्यस्तै ऐनमा सम्बन्ध विच्छेद गर्न चाहने पति पत्नीले अंश र खर्च सम्बन्धी सहमतिसमेत गर्न सक्ने व्यवस्था गरिएको छ। दफा १०२ मा पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सहमति बमोजिम व्यवस्था हुने उल्लेख छ।

यस्तो सहमति नाबालकको हित विपरीत गर्न नपाइनेसमेत व्यवस्था गरिएको छ।

त्यस्तै सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउने व्यवस्था समेत गरिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution